चेन्नाइ सुपरकिंग्स ४४ रनले पराजित
पाेखरा । जारी आईपीएलको साताै खेलमा चेन्नई सुपर किंग्सलाइ ४४ रनले पराजित गर्दै दिल्ली क्यापिटल्सले आफ्नाे दाेस्राे जित दर्ता गरेकाे छ । जितसंगै दिल्ली अंक तालिकाकाे शिर्ष स्थानमा उक्लिएकाे छ ।
टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे दिल्लीका लागि पृथ्वी शाले ९ चाैका र १ छक्काकाे मद्दतमा ६४ रन जाेडे । यस्तै, ऋषभ पन्तले ३७ रन, शेखर धवनले ३५ रन, कप्तान श्रेयस एैयरले २६ रन जाेडे । ३ विकेटकाे क्षतिमा दिल्लीले १७५ रन जाेडयाे ।
चेन्नाइका लागि पियुष चावलाले २ र साम करनले १ विकेट लिए ।
१७६ रनकाे लक्ष्यसहित मैदानमा उत्रिएकाे चेन्नाइ पुरै २० ओभर खेलेर ७ विकेट गुमाउँदै १३१ रनमा समेटियाे । चेन्नाइलाइ सस्तैमा समेटन दिल्लीका बलर कागिसाे रवाडा नायक सावित रहे । रबाडाले ४ ओभर बलिङ गर्दै मात्र २६ रन दिएर चेन्नाइकाे महत्वपूर्ण ३ विकेट हात पारे । उनले फाप डु प्लेसिस, कप्तान महेन्द्रसिंह धाेनी र रविन्द्र जडेडाकाे विकेट लिएका थिए । चेन्नाइका लागि सर्वाधिक ४३ रन फाप डु प्लेसिसले जाेडे । चेन्नाइका लागि केदार जादबले २६, महेन्द्रसिंह धाेनीले १५, सेन वाटसनले १४, रविन्द्र जडेजाले १२, मुरली विजयले १० रन जाेडे ।
चेन्नाईको पतनमा नायक रहेका रबाडाले ३, एनरिच नाेर्जेले २ तथा अक्षर पटेलले १ विकेट लिए ।
जारी आईपीएलमा ३ खेल खेलेकाे चेन्नाइले २ खेलमा हार व्यहाेरेकाे छ भने १ खेलमा जित हात पारेकाे छ । चेन्नाइ अंकतालिककाे पाँचाै स्थानमा छ ।
सनिबार कोलकता नाइट राइडर्स र सनराइजर हैदराबादका विचकाे खेल हुनेछ ।
प्रकाशित मिति २०७७ असोज १० गते शनिबार ०६:४४




