शैक्षिक परामर्शसहित माइग्रेसन सेवा
पोखरा
अष्ट्रेलियामा मुख्य कार्यलय रहेको शैक्षिक परामर्श केन्द्र म्याक्सी म्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसको शाखा पोखरामा विस्तार भएको छ ।
पोखरामा आयोजित एक कार्यक्रममा शैक्षिक परामर्श केन्द्रको उद्घाट्न उहाँकै बुुवा साहित्यकार कवि विष्णुकुमार श्रेष्ठ ‘अल्पविराम’ र आमा राजेश्वरी श्रेष्ठ ले म्याक्सी म्याक्सको लोगो अंकित व्यानर अनावरण तथा कवि तीर्थ श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् ।
नेपाली संगीतमा ख्याति कमाएको पोखरेली ब्यान्ड कन्दराका गायक विवेक श्रेष्ठको समेत लगानी रहेको म्याक्सी म्याक्सको पोखरा शाखा नेपालका लागि तेस्रो शाखा हो । यसअघि नेपालमा चितवनको पर्सा तथा काठमाण्डौको कुमारीपाटीमा सञ्चालनमा आएको छ ।
यस बाहेक म्यानमार, लाओस, फिलिपिन्समा समेत यसको शाखा विस्तार गरिएको पोखराका निर्देशक श्रेष्ठले जानकारी दिए । म्याक्सी म्याक्सले अष्ट्रेलिया लगायत अमेरिका, क्यानडा, युके, युरोपेली देशहरुका कलेज तथा युनिभर्सिटी अध्ययनका लागि परामर्श तथा सेवा प्रदान गर्दै आइरहेको छ ।
पोखरा चिप्लेढुंगामा खुलेको शाखाले विद्यार्थीहरुका लागि कलेज, युनिभर्सिटी तथा विषय छान्न परामर्श र प्रक्रियामा सहयोग गर्नेछ । यसका अलावा दक्ष जनशक्तिहरुलाई माइग्रेसनसम्बन्धी सेवा तथा भिजिट भिसामा जान चाहनेहरुका लागि पनि उचित परामर्श, डकुमेन्टेसन तथा प्रकृयाका लागि सेवा प्रदान गर्ने श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति २०७९ असोज २ गते आइतबार ०५:०९




