विगत एक वर्षदेखि रिक्त पाेखरा विश्वविद्यालय लगायत ३ वटा विश्वविद्यालयहरूकाे उपकुलपति नियुक्तीमा राजनैतिक सहमति जुटेकाे छ । सहमति अनुसार पाेखरा विश्वविद्यालयमा नेपाली काँग्रेस निकट प्रा. डा. प्रेम नारायण अर्याल उपकुलपतिमा नियुक्त हुने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा विगत चार दशक लामाे समयदेखि अध्यापनरत प्राध्यापक अर्याल शिक्षाशास्त्रका अध्यापक हुन् । नेपाल सामुदायिक क्याम्पस संघका पूर्व अध्यक्ष
अर्यालले प्रारम्भिक बाल विकास विषयमा विद्याबारिधी गरेका हुन् ।

नेपाली काँग्रेस निकट प्रजातन्त्रिक प्राध्यापक संघका विभिन्न तहमा काम गरिसकेका अर्यालले विभिन्न निर्वाचनमा नेपाली काँग्रेसकाे पक्षमा खुलेर भाेट मागेकाे उनकाे सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

६ महिना अगाडि अन्य विश्वविद्यालयहरूमा नियक्त हुँदा समेत अर्यालकाे नियुक्ती नेपाल संस्कृत विश्वविद्यालयमा भएकाे चर्चा थियाे । त्यसबेला समेत उनले बधाइ प्राप्त गरेका थिए तर मन्त्रीपरिषदले उनकाे नियुक्ती भने गरेकाे थिएन ।
त्यसै गरी रिक्त रहेकाे कृषि तथा वन विज्ञान विश्वविद्यालयकाे उपकुलपतिमा पूर्व निकट डा. पुण्यप्रसाद रेग्मी र नेपाल संस्कृत विश्वविद्यालयकाे उपकुलपतिमा पूर्व एमाले प्रा. डा. यादवराज लामिछानेलाई सरकारले नियुक्ती गर्ने भएकाे छ ।
यी तीनवटै नियुक्ती सत्तारूढ नेकपाका दुवै अध्यक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकका
सभापतिबीच सहमतिमा नै भएकाे स्राेतकाे दाबी छ ।
प्रकाशित मिति २०७७ असोज १० गते शनिबार १२:५२




