२०८३ साउन २१ गते बिहीबार

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, गण्डकीमा ६७७ जना संक्रमित

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, गण्डकीमा ६७७ जना संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १३ गते बिहीबार ०७:३४

नेपालमा डेंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन् ।

काठमाडौं । डेंगु संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज १३ गतेसम्म संक्रमितको संख्या २८ हजार १०९ र मृतकको संख्या ३८ पुगेको हो ।

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वाग्मती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, प्रदेश १ मा ८२९, मधेस प्रदेशमा ४१३, गण्डकीमा ६७७, लुम्बीनीमा ३ हजार १२५, कर्णालीमा २३८ र सुदूरपश्चिम प्रदेशमा ८५० जनामा डेंगु पुष्टि भएको छ ।

नेपालमा डेंगु संक्रमण नियन्त्रणबाहिर गइसकेकाले अबको विकल्प लामखुट्टे निर्मूल अभियान नै भएको विज्ञहरु बताउँछन् । त्यसका लागि सरकारका सबै तह र जनस्तरबाट घर कार्यालय, शैक्षिक क्षेत्र तथा बजार क्षेत्रमा लामखुट्टे निर्मूल गर्न अभियान नै चलाउनुपर्नेमा विज्ञहरुको जोड छ ।

प्रकाशित मिति २०७९ असोज १३ गते बिहीबार ०७:३४
हजुरको प्रतिक्रिया