गण्डकी प्रदेशमा थप १०४ संक्रमित
पोखरा । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार दिउसो ४:३० बजेसम्मको अध्यावधिक विवरण अनुसार पोखरामा थप २३ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा भने आजै १०४ जना संक्रमित थपिएका छन ।
आइतबार संक्रमण पुष्टि हुनेहरुमा पोखरा–३ का ८ जना रहेका छन । पोखराको वडा नं ३ मा २५ वर्षीय १ महिला तथा अन्य ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित ७ जना पुरुष पोखरा–३ तेर्सापट्टीको एक निर्माणाधीन अपार्टमेन्टमा निर्माणको काम गर्ने कामदार रहेको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, आइतबार संक्रमण पुष्टि हुनेहरुमा ३ जना नेपाल प्रहरी रहेका छन भने २ जना अख्तियार दुरुपयाेग अनुसन्धान आयोगको कार्यालयमा कार्यरत कर्मचारी रहेका छन ।
अन्य संक्रमितहरुमा पोखरा–८ का ५ जना, पोखरा–१४ का १ जना, पोखरा– १५ का ३ जना, पोखरा–३३ का २ जना,पोखरा–९ का २ जना, पोखरा– १४, १७ र २०, का १/१ जनालाई संक्रमण पुष्टि भएको छ ।
यता, लमजुङका २१ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको मध्यनेपाल ६ का ९ पुरुष सहित २ महिलालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै वडा नम्बर ७ का १ पुरुष र ३ महिला तथा वडा नम्बर १० का १ महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मध्यनेपालका संक्रमित १ जना स्थानीय स्कुलका शिक्षक हुन् ।
बाग्लुङका ३१ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको गल्कोट ३ का ८ पुरुष सहित १ महिलालाई संक्रमण पुष्टि भएको हो । त्यस्तै जैमिनी १ र ५ का १÷१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । काठेखोला ३ का २ जना पुरुष, ४ का ६ जना पुरुष, ७ र ८ का १/१ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
यस्तै बाग्लुङ नगरपालिका २ र ३ का १/१ जना, ६ का २ जना र १० का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । जिल्लामा आज भेटिएका संक्रमिहरु भारत, जापान, ओमान, दुबई तथा क्यानडाबाट आएका व्यक्ति हुन् ।
यता नवलपरासी (ब.स.पू) का १८ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु जिल्लाको कावासोती तथा मध्यविन्दुका हुन् । जसमध्ये कावासोती १३ र १४ नम्बर वडामा १÷१ जना पुरुष तथा मध्यविन्दुका १ जना महिला रहेकी छिन् । आइतबार संक्रमण पुष्टि हुनेहरुमा स्याङ्जाका २ जना, तनहुँका ६ जना र पर्वतका २ जना रहेका छन ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ७ सय ७७ पुगेको छ ।







