२०८३ साउन २१ गते बिहीबार

‘बाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्य आवश्यक’ – महासचिव गुरुङ्ग

‘बाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्य आवश्यक’ – महासचिव गुरुङ्ग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १५ गते शनिबार ०९:०२

पोखरा । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ्गले अझै पनि संविधान र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने चिन्तन देखिएकाले बाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । सो पार्टीको पोखरा महानगर...

पोखरा । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ्गले अझै पनि संविधान र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने चिन्तन देखिएकाले बाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

सो पार्टीको पोखरा महानगर कमिटीले दसैँ,तिहार लगायतका चाडपर्वका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले विगतका ठूला ठूला परिर्वतन पनि सहकार्यबाट मात्र सम्भव भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“ दुई/दुई पटक संसद विघटन, नौ महिना संसदमा अवरोध गर्ने र संसदको जीवन समाप्त गरेर राज्यका संरचनाहरुलाई विस्थापन गर्न सकिन्छ भन्ने चिन्तन अहिले पनि देखिएको छ ।”

सानो छिद्र पाएपनि संविधान तोडमोड र उल्लङ्घन गर्न सकिन्छ भन्ने चिन्तनका विरुद्ध बाम–लोकतान्त्रिक शक्तिहरुको सहकार्य अझै आवश्यक रहेको गुरुङ्गले स्पष्ट पार्नुभयो ।

महासचिव गुरुङ्गले नागरिकता विधेयक संसदबाट पारित भएपछि विधि र प्रक्रिया अनुसार त्यसलाई प्रमाणिकरण गर्नुपर्नेमा त्यो प्रमाणिकरण नहुनु विडम्वना भउको बताउनुभयो । उहाँले मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समेत आग्रह गर्नुभयो ।

प्रकाशित मिति २०७९ असोज १५ गते शनिबार ०९:०२
हजुरको प्रतिक्रिया