२०८३ साउन २१ गते बिहीबार

प्रमुख दलसहित ३६ दलले बुझाए संशोधित समानुपातिक बन्दसूची

प्रमुख दलसहित ३६ दलले बुझाए संशोधित समानुपातिक बन्दसूची

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १६ गते आइतबार ०८:२८

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । आयोगले दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्मको...

काठमाडौं । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ ।

आयोगले दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटि संशोधनका लागि ९ गतेदेखि आजसम्मको समयावधि दिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए ।

आज बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आयोगमा बोलाइएको छ ।

दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबार तोकिएको छ ।

“बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा भोलि फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” वाग्लेले भने ।

बन्दसूचीको अन्तिम नामावली असोज २२ गते प्रकाशन गरिने उनले बताए ।

प्रकाशित मिति २०७९ असोज १६ गते आइतबार ०८:२८
हजुरको प्रतिक्रिया