२०८३ साउन २१ गते बिहीबार

समानुपातिकमा नाम फिर्ता गर्ने समय आज

समानुपातिकमा नाम फिर्ता गर्ने समय आज

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १७ गते सोमबार ०९:१४

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ । हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ । “बन्दसूचीमा...

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा नाम भएकाहरुलाई नाम फिर्ता गर्ने समय आजलाई तोकेको छ ।

हिजोसम्म शंशोधित बन्दसूची पेस गर्ने समय तोकिएको थियो । बन्दसूचीको अन्तिम नामावली २२ गते प्रकाशन हुने आयोगले जनाएको छ ।

“बन्दसूचीमा नाम भएकाले फिर्ता लिन चाहेमा आज फिर्ता लिन सक्नेछन् । नाम फिर्ता लिएको जानकारी दललाई गराउनुपर्छ,” आयोगले भनेको छ ।

आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी हिजो सकिएको थियो ।

समानुपातिकतर्फ प्रतिनिधिसभामा ४८ दलले बन्दसूची पेस गरेका थिए । त्यसमध्ये प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन् ।

आयोगका उपन्यायाधिवक्ता गुरु वाग्लेका अनुसार शनिबार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा दलले शनिबार संशोधित बन्दसूची पेस गरेका थिए । 

प्रकाशित मिति २०७९ असोज १७ गते सोमबार ०९:१४
हजुरको प्रतिक्रिया