२०८३ साउन २१ गते बिहीबार

पाेखरामा अन्तर्राष्टिय स्तरकाे क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर तयार

पाेखरामा अन्तर्राष्टिय स्तरकाे क्रिकेट रंगशाला निर्माणका लागि डिपिआर तयार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज ११ गते आइतबार ०९:३८

पाेखरामा अन्तर्राष्टिय स्तरकाे क्रिकेट रंगशालाकाे विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा–३३ स्थित पशुपतीघाटमा अन्तर्राष्ट्रिय स्तरकाे क्रिकेट रंगशाला निर्माण गर्ने हेतुले विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार पारेकाे हाे । गण्डकी प्रदेश सरकारले पशुपतीघाट स्थित १ सय ७४ रोपनी जग्गाकाे भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल शुरु भएको थियाे ।

१ अर्व ६० करोड लागत अनुमान

पाेखरा । पाेखरामा अन्तर्राष्टिय स्तरकाे क्रिकेट रंगशालाकाे विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार भएको छ । गण्डकी प्रदेश सरकारले पोखरा–३३ स्थित पशुपतीघाटमा अन्तर्राष्ट्रिय स्तरकाे क्रिकेट रंगशाला निर्माण गर्ने हेतुले विस्तृत परियोजना विवरण ‘डिपिआर’ तयार पारेकाे हाे । गण्डकी प्रदेश सरकारले पशुपतीघाट स्थित १ सय ७४ रोपनी जग्गाकाे भोगाधिकार प्राप्त गरेपछि रंगशाला निर्माणका लागि पहल शुरु भएको थियाे ।

‘डिपिआर’ अनुसार रंगशाला निर्माण गर्न १ अर्व ६० करोड लाग्ने छ । रंगशालासम्म पुग्ने बाटो, नदी नियन्त्रण, पेविलियन, पिच, होस्टल, भिआइपी विल्डिङ, मिडिया कक्ष लगाएत रहने गरि डिपिआर तयार भएकाे र साे संग सम्वन्धित अन्य विषयमा समन्वय गर्ने गरि प्रदेश सरकार अगाडी बढेकाे प्रदेशकाे सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं खेलकुद विभाग महाशाखाका उपसचिब तेज प्रसाद काफ्लेले बताए । “निर्माणको काम शुरु गर्नु अघि जग्गाको संरक्षण नै पहिलो काम भएको र त्यसका लागि छुट्टै डिपिआर बनाउनु पर्ने भएकोले जल उत्पन्न प्रकोप र भौतिक तथा पुर्वाधार मन्त्रालायका प्राविधिकको सहयोग लिनका लागि छलफल भइरहेको छ”, उपसचिव काफ्लेले बताए । मन्त्रालयले वातावरणीय प्रभाव मुल्याकंनका लागि समेत काम अगाडी वढाइएको उपसचिव काफ्लेकाे भनाइ छ ।

विआरएस सोलुसन इन्जिनियरिङ्गले करिव १६ लाखको लागतमा डिपिआर निर्माण गरेको हाे । डिपिआरमा उल्लेख भए बमाेजिम रंगशाला १८ हजार दर्शक क्षमताको रहनेछ । रंगशालाकाे निर्माण सम्पन्न गर्न करिव ४ बर्ष लाग्ने जनाइएकाे छ । प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने सम्वन्धमा काम अगाडी बढाउन आर्थिक वर्ष २०७७/०७८ का लागि २ करोड रकम विनियोजन गरेकाे थियाे ।

रंगशाला निर्माण गर्न ३ देखि ४ वर्ष लाग्ने बताउँदै त्यसो नगरि २ वर्ष भित्र खेल्न मिल्ने मैदान तथा पिच तयार गर्ने र अन्य कामहरु बजेटको सुनिश्चिता सँगै अघि वढाउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति २०७७ असोज ११ गते आइतबार ०९:३८
हजुरको प्रतिक्रिया