पोखरा
दशैंको टीका लगाउने क्रम आज पनि जारी छ । आज आश्विन शुक्ल पक्षको द्वादशी तिथिमा दशैंको टीका लगाउने क्रम जारी छ । नवमीको दिन देखि परेको पानी शुक्रबारसम्म पनि रोकिएको छ भने झरीले हिँडडुलमा भने समस्या पारेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार शनिबारदेखि मौसममा सुधार आउने छ ।
नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजया दशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ । घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् ।
दशैंको मुख्य दिन टीका लगाउन नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि टीका लगाउने चलन छ । आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गरिन्छ ।
प्रकाशित मिति २०७९ असोज २१ गते शुक्रबार ०८:१०