२०८३ साउन २१ गते बिहीबार

नेकपा एमालेले लगायो कास्कीका उम्मेदवारहरुको टुंगो

नेकपा एमालेले लगायो कास्कीका उम्मेदवारहरुको टुंगो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २२ गते शनिबार १०:१२

पोखरा नेकपा एमाले कास्कीले आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरुको टुंगो लगाएको छ। एमालेले कास्की क्षेत्र नं -१ प्रतिनिधि सभामा मन बहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ भने, प्रदेश सभातर्फ खगराज अधिकारी (१ क) र श्यामबहादुर...

पोखरा नेकपा एमाले कास्कीले आसन्न निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारहरुको टुंगो लगाएको छ।

एमालेले कास्की क्षेत्र नं -१ प्रतिनिधि सभामा मन बहादुर गुरुङलाई उम्मेदवार बनाउने भएको छ भने, प्रदेश सभातर्फ खगराज अधिकारी (१ क) र श्यामबहादुर गुरुङ (२ ख) लाई उम्मेदवारको रुपमा अघि सार्ने भएको छ।

यस्तै, कास्की क्षेत्र नं -२ प्रतिनिधिसभा तर्फ विद्या भट्टराई र प्रदेश सभातर्फ भिम कार्की (२ क) र मिना गुरुङ (२ ख) लाई उम्मेदवार बनाउने भएको छ।

यस्तै, कास्की क्षेत्र नं -३ मा दामोदर वैरागीलाई प्रतिनिधि सभातर्फ र गणेशमान गुरुङ (३ क) र राजिब पहारी (३ ख) लाई उम्मेदवार बनाउने भएको छ।

प्रकाशित मिति २०७९ असोज २२ गते शनिबार १०:१२
हजुरको प्रतिक्रिया