२०८३ साउन २१ गते बिहीबार

एमालेले टुंग्यायाे गण्डकीमा उम्मेदवार, खगराजलाई मुख्यमन्त्री बनाउन पृथ्वीसुब्बालाई संघको टिकट (हेर्नुहोस्, सूचीसहित)

एमालेले टुंग्यायाे गण्डकीमा उम्मेदवार, खगराजलाई मुख्यमन्त्री बनाउन पृथ्वीसुब्बालाई संघको टिकट (हेर्नुहोस्, सूचीसहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २२ गते शनिबार १२:४८

लमजुङबाट जमिन्द्रमान घलेको नाम प्रतिनिधिसभामा सिफारिस भएको थियो । तर उनलाई प्रदेशसभाको टिकट दिएर पृथ्वीसुब्बालाई प्रतिनिधिसभा तर्फ लगिएको छ ।
पार्टी केन्द्रको निर्णयप्रति गुरुङ भने सहमत हुन भएका छैनन् ।

 

नेकपा एमालेले गण्डकी प्रदेशको उम्मेदवार पनि टुंग्याएको छ । तालमेल भएमा तनहुँ–१ छोड्ने गरी १० वटै जिल्लाको उम्मेदवार टुंग्याएको हो । तालमेल नभएमा अथवा अन्य प्रदेशको क्षेत्रमा सहमति जुटेमा तनहुँ–१ बाट एकबहादुर राना प्रतिनिधिसभाको उम्मेदवार हुनेछन् । एमालेले तनहुँ–२ को उम्मेदवार पनि टुंग्याएको छ । केदार सिग्देललाई प्रदेशसभामा टिकट दिएर यो क्षेत्रबाट किरण गुरुङलाई प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । सिग्देलले पनि प्रतिनिधिसभाकै उम्मेदवार बन्न चाहेका थिए ।

एमालेले गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई पनि प्रतिनिधिसभाकै टिकट दिएको छ । लमजुङबाट प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने तयारीमा जुटेका एमाले उपमहासचिव गुरुङलाई प्रतिनिधिसभाकै टिकट दिने निर्णय भएको हो । कास्की–१ को ‘क’ खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्रीका रुपमा अघि सार्दै पृथ्वीसुब्बालाई संघको टिकट दिइएको स्रोतले बतायो ।

लमजुङबाट जमिन्द्रमान घलेको नाम प्रतिनिधिसभामा सिफारिस भएको थियो । तर उनलाई प्रदेशसभाको टिकट दिएर पृथ्वीसुब्बालाई प्रतिनिधिसभा तर्फ लगिएको छ ।
पार्टी केन्द्रको निर्णयप्रति गुरुङ भने सहमत हुन भएका छैनन् । उनी फेरि मुख्यमन्त्री बन्ने गरी प्रदेशसभा सदस्यकै उम्मेदवार बन्ने अडानमा छन् ।

 

कास्की–१ ‘क’ को टिकट दिने निर्णयप्रति अधिकारीले पनि असन्तुष्टि जनाएका छन् । मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा भने एमालेले उम्मेदवार टुंग्याएको छैन । यो क्षेत्रबाट २०७४ मा वाम गठबन्धनको समर्थनमा दीपक मनाङेले जितेका थिए ।

यी हुन् गण्डकीका एमाले उम्मेदवार

तनहुँ–१ बाट प्रतिनिधिसभामा एकबहादुर राना वा तालमेल

प्रदेशसभा तर्फ (क) मा रामबहादुर गुरुङ र (ख) मा पूर्णबहादुर गुरुङ

तनहुँ–२ बाट किरण गुरुङ
प्रदेशसभा तर्फ केदार सिग्देल र श्यामराज महत

गोरखा–१ बाट रामशरण बस्नेत
प्रदेशमा (क) सुरेन्द्रबहादुर थापा र (ख) मोहन भट्टराई

गोरखा–२ बाट अब्दुस मिया
प्रदेशतर्फ (क) राजु राना र (ख) बाट बसन्त गुरुङ

कास्की–१ बाट मनबहादुर गुरुङ
प्रदेशतर्फ (क) खगराज अधिकारी र (ख) बाट वेदबहादुर गुरुङ

कास्की–२ विद्या भट्टराई
प्रदेशतर्फ (क) भीम कार्की र (ख) मा मीना गुरुङ

कास्की–३ मा दामोदर वैरागी
प्रदेशतर्फ (क) बाट गणेशमान गुरुङ र (ख) बाट राजीब पहारी

बाग्लुङ–१ बाट सूर्य पाठक
प्रदेशतर्फ (क) बाट हिराबहादुर केसी र (ख) बाट नवराज पौडेल

बाग्लुङ–२ बाट मञ्ज शर्मा चालिसे
प्रदेशतर्फ (क) बाट प्रकाश बुढा र (ख) बाट लक्ष्मणबहादुर पुन मगर

नवलपुर–१ बाट कृष्ण पौडेल
प्रदेशतर्फ (क) बाट रवीन्द्र अधिकारी र (ख) बाट रोसन गाहामगर

नवलपुर–२ बाट तिलक महत
प्रदेशतर्फ (क) बाट पदम बिसी र (ख) बाट लक्ष्मण पाण्डे

मुस्ताङबाट प्रेम तुलाचन
प्रदेशतर्फ (क) बाट इन्द्रधारा विष्ट र (ख) बाट चन्द्रमोहन गौचन

लमजुङबाट पृथ्वीसुब्बा गुरुङ
प्रदेशतर्फ (क) बाट जमिन्द्रमान घले र (ख) बाट कृष्ण अधिकारी

स्याङ्जा–१ बाट नारायण मरासिनी
प्रदेशतर्फ (क) बाट मिनप्रसाद गुरुङ र (ख) बाट सुधिर पौडेल

स्याङ्जा–२ बाट पद्मा कुमारी अर्याल
प्रदेशतर्फ (क) बाट मोहन रेग्मी र (ख) बाट बुद्धिमान श्रेष्ठ

मनाङबाट पाल्तेन छोपेन गुरुङ
प्रदेशतर्फ (क) दोर्जे डुन्डुल गुरुङ र (ख) मा बाँकी

पर्वतबाट पदम गिरी
प्रदेशसभा तर्फ (क) बाट भक्तबहादुर कुँवर र (ख) बाट मित्रलाल बस्याल

प्रकाशित मिति २०७९ असोज २२ गते शनिबार १२:४८
हजुरको प्रतिक्रिया