२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

कास्कीबाट माओवादीको प्रतिनिधि सभामा रामजी, प्रदेशमा विश्वप्रकाश र दीपक

कास्कीबाट माओवादीको प्रतिनिधि सभामा रामजी, प्रदेशमा विश्वप्रकाश र दीपक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २३ गते आइतबार ०७:५२

नेकपा माओवादी केन्द्रले लामो छलफलपछि कास्कीमा उम्मेदवार टुंग्याएको छ । गठबन्धनसँगको भागबण्डामा माओवादीले कास्कीमा १ वटा प्रतिनिधि सभा र ३ वटा प्रदेश सभा पाएको छ । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर ३ मा अहिलेका गण्डकी प्रदेश...

नेकपा माओवादी केन्द्रले लामो छलफलपछि कास्कीमा उम्मेदवार टुंग्याएको छ । गठबन्धनसँगको भागबण्डामा माओवादीले कास्कीमा १ वटा प्रतिनिधि सभा र ३ वटा प्रदेश सभा पाएको छ ।

प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर ३ मा अहिलेका गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बराल जीवनले टिकट पाएका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

यही क्षेत्रबाट संविधान सभा सदस्यसमेत रहेकी केन्द्रीय सदस्य दुर्गा विकले टिकटका लागि ठूलो कसरत गरेकी थिइन् । तर, अन्तिममा बराललाई प्रतिनिधि सभाको टिकट दिइएको हो ।

बरालको अब नेकपा एमाले नेता दामोदर बैरागीसँग प्रतिस्पर्धा हुनेछ । एमालेमा लामो समय लागेर पनि अवसर नपाएका नेताका रुपमा चिनिएका बैरागी र बरालबीचको प्रतिस्पर्धा रोचक नै हुने देखिएको छ । क्षेत्र नम्बर ३ काे ‘ख’मा  दुर्गादत्त भण्डारीले टिकट हात पारेका छन् । याे क्षेत्रमा पहिले कांग्रेसकाे भागमा परेकाे थियाे । तर रातारात कांग्रेस र माअाेवादीबीच क्षेत्र साटासाट भएकाे थियाे ।

कास्की क्षेत्र नम्बर २ को ‘क’ मा विश्वप्रकाश लामिछानेले टिकट हात पारेका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पोखराको मेयरमा मनोनयन दर्ता भइसकेपछि पनि कांग्रेससँग गठबन्धनका कारण लामिछाने पछि हट्नु परेको थियो ।

पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्षसमेत रहेका लामिछानेले अघिल्ला निर्वाचनमा पनि आकांक्षीका रुपमा नाम सिफारिस हुने गरेको थियो । उनले आफू जुनसुकै प्रदेशमा पनि टिकट हात पारे जान तयार रहेको तर यसपटक पनि टिकट नदिइएको स्वतन्त्र रुपमा भए पनि उठ्ने चेतावनी दिएका थिए । अब लामिछानेको एमाले केन्द्रीय सदस्य भीम कार्कीसँग प्रतिस्पर्धा हुने छ ।

निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’मा दीपक कोइरालाले टिकट पाएका छन् । यसअघि पनि एमाले–माओवादीको गठबन्धनबाट सोही क्षेत्रबाट चुनाव जितेका कोइरालाले यसपटक पनि टिकट पाएका हुन् । तर, रोचक के छ भने यसअघि जसले कोइरालालाई साथमै लिएर हिँडेर प्रदेशमा जिताएर आफूले संघमा जितेका एमालेका खगराज अधिकारीसँग उनको प्रतिस्पर्धा हुने छ ।

कास्कीमा माओवादीले एउटा प्रतिनिधि सभा पाएकोमा क्षेत्र नम्बर १ नै पाउनुपर्ने र त्यो आफ्ना लागि हुनुपर्ने भन्दै माओवादी केन्द्रीय सदस्य राजकाजी गुरुङ ‘करण’ले नेतृत्वसँग माग गर्दै आएका थिए । शनिबारमात्र पनि नेतृत्वले करणलाई प्रतिनिधि सभा ३ मै उम्मेदवार हुन जान भनेको थिए । तर, उनले क्षेत्र नम्बर ३ मा नजाने बताएका थिए ।

प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०७:५२
हजुरको प्रतिक्रिया