२०८३ साउन २१ गते बिहीबार

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला क्रिकेटको पहिलो दिनमा मधेश प्रदेश र बागमती विजयी

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: महिला क्रिकेटको पहिलो दिनमा मधेश प्रदेश र बागमती विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २३ गते आइतबार ०५:३९

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई तथा बागमती प्रदेशले...

पोखरा । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेश र बागमती प्रदेशले विजयी शुरुवात गरेका छन् । पोखरा रंगशालामा आइतबार भएको उद्घाटन खेलमा मधेशले आयोजक गण्डकी प्रदेशलाई तथा बागमती प्रदेशले सुदुर पश्चिमाञ्चलमाथि जित हाँसिल गरेका हुन् ।

उद्घाटन खेलमा मधेशले गण्डकी प्रदेशलाई लाई ४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।मधेश प्रदेशले दिएको ७८ रनको लक्ष्य पछ्याएको आयोजक गण्डकी प्रदेश १९ ओभरमा ३७ रनमै समेटिन पुग्यो । गण्डकी प्रदेशका लागि शिला क्षत्रीले जोडेको १० रन नै सर्वाधिक रन बन्न पुग्यो । अन्य कुनैपनि व्याट्सउमनले दोहोरो आँकडाको योगफल जोडन सकेनन् ।

ओपनर सृजना पौडेलले ३६ बलको सामना गर्दै ७ बनाइन् । अर्की ओपनर कुसुम गोदार पहिलो बलमा नै एलबीडब्लु धरापमा पर्दै पवेलिएन फर्कीइन् । ज्योत्सिना मरासिनी ५ रन जोड्दा रन आउट भइन । कप्तान सृष्टि जैसी ३ तथा अञ्जली विश्वकर्मा र सिमाना केसी समान २ रनमा आउट भए । सुजिता थापा र श्रद्धा गुरुङ शुन्यमै आउट भए ।

मधेश प्रदेशकी अनुराधा चौधरीले आफ्नो स्पेलमा १ मेडन राख्दै ८ रन खर्चेर ४ विकेट लिइन । कविता गौतम र शान्ती चौधरीले समान २ विकेट लिए । सन्तोषी चौधरीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रगंशालाको क्रिकेट स्टेडियममा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनको योगफल तयार पारेको थियो । मधेस प्रदेशकी सरस्वती कुमारीले सर्वाधिक १५ रनको योगदान दिईन्। सरस्वती १५ र रोजी कडारी ९ रनमा नटआउट रहे । साना प्रविन र एलिसा यादवले समान १४ रन थपे। सन्तोषी चौधरी र शान्ती चौधरीले समान ८ रन बनाए। गोमा आले १ रनमा रनआउट भईन् । कप्तान कविता गौतम, अनुराधा चौधरी, सबनम खातुन शुन्य रनमा आउट भए ।

मधेश प्रदेशलाई कम स्कोरमा रोक्न गण्डकी प्रदेशकी आकृती तिवारी एक्लैले ३ विकेट लिईन् । उनले आफ्नो स्पेलमा १२ रन दिईन् । कुसुम गोदारले दुई तथा सृष्टि जैसी र शिला क्षत्रीले समान एक विकेट झारे। खेलमा मधेशका अनुराध चौधरी प्लेयर अफ द म्याच भइन् ।

अर्को खेलमा अस्मिता खरेल र कञ्चन श्रेष्ठको उत्कृष्ट साझेदारीमा बागमती प्रदेशले सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ७२ रनको लक्ष्य बागमतीले १३.१ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

सुमन खतिवडा ११ र आरती विडारी ३ रनमा नटआउट रहे । पहिलो विकेटका लागि ओपनर अस्मिना खरेल र कन्चन श्रेष्ठले १०.४ ओभरमा ४७ रनको उत्कृष्ट साझेदारी गरे । २६ बलको सामना गरेकी खरेल ९ रनमा पवेलियन फर्किइन् । कन्चन २५ रनमा रन आउट भइन् । ४४ बलको सामना गरेकी कन्चनले १ चौका प्रहार गरिन् ।

टस जितेर बागमतिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेश १८ दशमलव २ ओभरमा ७१ रनमा अलआउट भएको थियो । अनु कडायतले जोडेको २२ रन नै सुदूरपश्चिमका लागि सर्वाधिक रह्यो । उनले २३ बलमा २ चौका हान्दै २२ रन जोडिन् । अन्य ८ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

ओपनर रुबी पोडारले जोडेको १२, कप्तान बिन्दु रावल ५ रनमा पवेलियन फर्के । रुवीले २१ बलमा १ चौका प्रहार गरिन् । रावल ५ बलमा एलबीडब्लु धरापमा पर्दै आउट भइन् । यासु पाण्डे ७ रनमा आउट भइन् । यशोदा विष्ट र सवित्री धानु शुन्य रनमा आउट भए । रितु कनौजिया ३ र डोली भट्ट २ रनमा पवेलियन फर्के। स्नेहा महरा ५ रनमा रन आउट भइन् ।

बागमती प्रदेशकी सोनी पाख्रिन एक्लैले ५ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १३ रन खर्च गरिन् । खुसी डंगोलले २ विकेट झारिन् । कृष्मा गुरुङ र अस्मिता खरेलले समान १ विकेट लिए । यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र राष्टिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बलिङ व्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

प्रकाशित मिति २०७९ असोज २३ गते आइतबार ०५:३९
हजुरको प्रतिक्रिया