२०८३ साउन २१ गते बिहीबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २४ गते सोमबार १०:२७

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान सार्वजनिक गरेका...

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि पोखरामा सार्वजनिक गरीएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ट्रफि एक कार्यक्रमका बीच सोमबार विहान सार्वजनिक गरेका हुन् ।

आज खेलाडी, प्रशिक्षक, व्यवस्थापक खेल पदाधिकारीहरु, विभिन्न पाहुना तथा सर्वासाधारणका लागि ट्रफि प्रदर्शन गरिएको हो । ट्रफिसहित खेल पदाधिकारी, विशिष्ट पाहुनाहरु सहित सवारी साधन बाट नगर परिक्रमा गराइएको थियो ।

पोखराको अमरसिंहचोक, रानीपौवा, महेन्द्रपुल, नदिपुर, पथ्वीनारायण क्याम्पस गेट, गणेश हार्डवयर चोक भित्र बजार हुँदै वगर चोक, बागबजार चोक, ठाडा लाइन, पुरानो टुडिखेल, हरिचोक, विन्ध्यवासिनी मन्दिरको माथिल्लो बाट परिक्रमाको लागि प्रवेश गराई अधिकारी टोल चोक, पुरानो खानेपानी काउन्टर, वाग्लुङ राजमार्ग हुँदै जिरो किलोमिटर र त्यहाँबाट हल्लन चोक बाराही मन्दिर चोकसम्म परिक्रमा गरिएको थियो ।

सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफिको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँ खर्च गरेर राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफि बनाईएको हो । ट्रफिका डिजाइनर नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका निलेन्द्रराज श्रेष्ठ हुन् । यस्तै ट्रफ्रीलाई श्याम तुलाधारले बनाएका हुन् । ट्रफिमा ५ केजी चाँदी र दुई तोला सुनको प्रयोग गरिएको छ । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफि आफुसँग राख्न पाउनेछ ।

प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार १०:२७
हजुरको प्रतिक्रिया