२०८३ साउन २१ गते बिहीबार

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः फेन्सिङ खेल शुरु

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताः फेन्सिङ खेल शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २४ गते सोमबार ०२:४२

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् । विभागीय टोली नेपाली आर्मी,...

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत फेन्सिङ खेल शुरु भएको छ । प्रतियोगिताको अर्थमन्त्री जर्नादन शर्माले उद्घाटन गरेका थिए । प्रतियोगितामा दुई विभागिय सहित ६ टिमको सहभागीता जनाएका छन् ।

विभागीय टोली नेपाली आर्मी, शसस्त्र प्रहरी बल, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशले भाग लिएका छन् । प्रतियोगितामा प्रत्येक टोलीमा १२ महिला र १२ पुरुष गरी २४ जना खेलाडीले सहभागीता जनाएका छन् ।

खेलको ईपी, फोयल र फाबेर गरी तीन इभेण्टमा प्रतिस्पर्धा भइरहेको छ । राउण्ड रोविनमा सवार्धिक अंक ल्याउने खेलाडी अर्को चरणमा प्रबेश गर्ने कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले जानकारी दिए ।

प्रकाशित मिति २०७९ असोज २४ गते सोमबार ०२:४२
हजुरको प्रतिक्रिया