२०८३ साउन २१ गते बिहीबार

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बाग्मतीविरुद्ध एपीएफको जित

नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटमा बाग्मतीविरुद्ध एपीएफको जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २५ गते मंगलबार ०२:३७

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबारको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बाग्मतीले निर्धारित २० ओभरमा...

काठमाडौं ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटतर्फ मंगलबारको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको बाग्मतीले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य एपीएफले १९/१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी रोमाले ३५ बलमा एक चौकासहित २२ रन बनाइन् । उनलाई ममता चौधरीले १७ तथा नेरी थापा र कप्तान सीता रानामगरले समान १६ रन बनाएर साथ दिएका थिए । अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बाग्मतीका सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई विकेट लिए । अस्मिना कर्मचार्यको नाममा एक विकेट रह्यो ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको वाग्मतीका सुमन खतिवडा र कप्तान अस्मिना कर्मचार्यले समान १९ रन बनाउनुबाहेक अरू खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । वाग्मतीले २० अतिरिक्त रन पाएको थियो ।

बाग्मतीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेकको थियो । एपीएफको भने यो पहिलो खेल हो ।

जितसँगै समूह ‘ए’मा एपीएफ दुई अंकसहित शीर्ष स्थानमा छ । समान दुई अंक जोडेका मधेस प्रदेश र वाग्मती क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । बाग्मतीले एक खेल बढी खेलेको छ । जितबाट प्रतियोगिता सुरु गरेको एपीएफले समूह ए मा २ अंक जोडेको छ । पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको बागमतीको भने यो पहिलो हार हो ।

प्रकाशित मिति २०७९ असोज २५ गते मंगलबार ०२:३७

हजुरको प्रतिक्रिया