२०८३ साउन २१ गते बिहीबार

संसदीय चुनावका उम्मेदवारलाई आज चिह्न प्रदान गरिने

संसदीय चुनावका उम्मेदवारलाई आज चिह्न प्रदान गरिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०८:३५

प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा आगामी मंसिर ४ गते निर्वाचन हुँदैछ ।

पोखरा

संसदीय निर्वाचनमा उम्मेदवार बनेकालाई आज चुनाव चिह्न प्रदान गरिने निर्वाचन आयोगले बताएको छ । निर्वाचन तालिका अनुसार उम्मेदवारी फिर्ताको समय आज दिउँसो एक बजेसम्मका लागि तोकिएको छ । त्यसपछि १ बजेदेखि ३ बजेसम्म उम्देवारलाई  चिह्न प्रदान गरिने छ ।

निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसोसम्मको समय दिएको हो । उमेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उमेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आज नै उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नेछ । उमेदवारी फिर्ता र खारेजीपछि कायम रहेका उमेदवारहरुको अन्तिम नामावली आयोगले दिउँसो १ देखि ३ बजेसम्ममा गर्नेछ ।

अन्तिम नामावली प्रकाशन भएसँगै उमेदवारहरुले आजै आफ्नो चुनाव चिह्न पनि पाउनेछन् । पार्टीका आधिकारिक उमेदवार र स्वतन्त्र उमेदवारलाई आजै चिह्न दिनेगरी आयोगले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ । गत आइतबार उम्मेदवारी मनोनयन भएको थियो । प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमा आगामी मंसिर ४ गते निर्वाचन हुँदैछ ।

 

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०८:३५
हजुरको प्रतिक्रिया