२०८३ साउन २१ गते बिहीबार

आइपिएल : आज दिल्लीको भेट हैदराबादसंग

आइपिएल : आज दिल्लीको भेट हैदराबादसंग

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १३ गते मंगलबार ०२:५२

पोखरा । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को एघाराै खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ । दिल्लीले खेलेको दुवै खेलमा जित हात पार्दा हैदरावाद दुवै खेलमा...

सन्दिपले पाउलान त माैका ?

पोखरा । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को एघाराै खेलमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादसंग प्रतिस्पर्धा गर्नेछ । दिल्लीले खेलेको दुवै खेलमा जित हात पार्दा हैदरावाद दुवै खेलमा पराजित भएको छ । पहिलो जितको खोजिमा मैदानमा उत्रने हैदराबादका र जितको ह्याट्रिक गर्ने मुडमा रहेको दिल्लीविचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

लगातार तेस्रो सिजन दिल्लीमा रहेका नेपाली यूवा लेगस्पिनर सन्दीप लामिछाने भने यो सिजन दिल्लीको पहिलो रोजाइभित्र पर्न संघर्ष गरिरहेका छन ।
पहिलो सिजनमा दिल्लीले आफू लिग चरणबाट बाहिरिएपछि मात्र सन्दिपलाई मैदानमा उतारेको थियो । पहिलो सिजन सन्दिपले तीन खेलमा बलिङ्को माैका पाएका थिए । दोस्रो सिजनमा भने सन्दिपले ६ वटा खेलमा अवसर पाएका थिए । यो बर्ष सिपिएल लगायतका अन्य विदेशी लिगमा राम्रो प्रदर्शन गरेका सन्दिप दिल्लीको पहिलो रोजाइमा पर्न सक्ने धेरैले अनुमान गरेका थिए तर सन्दिप हालसम्म प्लेइङ् ११ मा पर्न सकिरहेका छैनन् ।

यो सिजन दिल्लीको टोलीमा सन्दीपलाई मौका बनाउन त्यती सहज पनि छैन । हालसम्म फाइनल प्रवेश गर्न नसकेको दिल्लीलाइ यो सिजन युवा र अनुभवी खेलाडीहरुको मिश्रणमा उपाधीकै दावेदारमध्य एक मानिएको छ ।

मंगलबारको खेलमा सन्दिप दिल्लीको प्लेइङ् ११ मा पर्नसक्ने सम्भावना भनेको टोलीका अनुभवी बलर अश्विनको चोट हो । यद्यपी अबुदाबीको पिचले बलरलाईभन्दा ब्याट्सम्यानलाई सघाउँछ । अर्का अनुभवी बलर अमित मिश्रा अघिल्लो खेलमा विकेट निकाल्न असफल हुनुले पनि सन्दिपलाई यो खेलमा दिल्लीले ट्राइ गर्न सक्ने देखिन्छ । अर्का भारतीय स्पिनर अक्षर पटेललाई भने दिल्लीले ब्याटिङ् क्षमतालाई हेरेर निरन्तरता दिने देखिन्छ । अर्को इशान्त शर्माको चोटका कारण दिल्लीले प्रयोग गरेको अर्का भारतीय बलर आवेश खान समेत दिल्लीका लागि महङ्गो सावित भै रहेका छन् । आजको खेलमा यदि इशान्त शर्मा ठिक भएर मैदान उत्रे भने तेस्रो विदेशी खेलाडीको रुपमा सन्दिपले माैका पाउन सक्छन ।

सन्दिप शुरुवाती ११ मा पर्न नसक्नुका केही कारणहरु छन् । दिल्लीमा भारतीय तीव्र गतिका उत्कृष्ट बलरको कमी छ । जसको कारण दिल्लीले दुई विदेशी तीव्र गतिका बलर नियमित खेलाउँदै आएको र खेलाउनु पर्ने देखिन्छ । दिल्लीले पहिलो खेलमा मोहित शर्मालाई खेलाएको थियो । मोहितले किंग्स इलेभेन पन्जाबविरुद्ध ४ ओभरमा ४५ रन खर्चेर १ विकेट लिए । उक्त खराब प्रर्दशनको कारण चेन्नई सुपर किंग्सविरुद्ध दिल्लीले आवेश खानलाई मोहितको स्थानमा मैदान दिएको थियो ।

आवेशले ४ ओभरमा ४२ रन खर्चिदै विकेट विहिन बनेका थिए । जुन दिल्लीबाट चेन्नईविरुद्ध ३० रन भन्दामाथि दिने एकमात्र खेलाडी थिए । ईशान्त शर्मा पन्जाबसँगको खेलको अघिल्लो दिन घाइते हुन पुगेका थिए । जसको कारण आगमी खेलमा शर्माले खेल्ने वा नखेल्ने अनिश्चित छ । ईशान उपलब्ध नभए दिल्लीले मोहित र आवेश मध्य एकलाई खेलाउनै पर्ने बाध्यता हुने छ ।

दिल्लीले सुरुवाती दुई खेलमा विदेशी तीव्र गतिका बलरको रुपमा कागिसो रबाडा र एनरिच नोर्टजेलाई खेलाएको थियो । चेन्नईविरुद्ध रबाडाले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए । पहिलो खेलमा पन्जाबलाई सुपर ओभरमा २ रनमा रोक्दै उत्कृष्ट प्रर्दशन गरेका रबाडा प्रमुख हतियार हुन् । दिल्लीसँग रबाडाको विकल्प छैन ।

दोस्रो विदेशी खेलाडीको रुपमा नोर्टजेलाई खेलाएको थियो । नोर्टजेले चेन्नईविरुद्ध ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए । पहिलो खेलमा पन्जाबविरुद्ध ४ ओभरमा ३३ रन खर्चेका थिए । यी दुई जोडी दिल्लीलाई दिल्लीले पहिलो रोजाईमा नियमित खेलाउने सम्भावना देखिन्छ । नोर्टजेको प्रर्दशन कमजोर रहेमा ड्यानियल साम्स अर्को राम्रो विकल्प हुन् ।

यदि भारतीय तीव्र गतिका बलर उत्कृष्ट हुन्थे भने सन्दीपको सम्भावना रहन्थ्यो । दिल्लीले दुई भारतीय तीव्र गतिका बलर र रबाडालाई मैदान उतार्न सक्थ्यो । जसले गर्दा सन्दीपलाई चार विदेशी खेलाडीको कोटामा स्थान बनाउन सहज हुन सक्थ्यो ।

दिल्लीसँग भारतीय स्पिन आक्रमण बलियो छ । यस सिजनमा पन्जाबका अफ स्पिनर रविचन्द्रन आश्निलाई टोलीमा अनुबन्ध गरेपछि सन्दीपको सम्भावना झनै कम बनेको हो । दिल्लीको स्पिन बलियो र राम्रो विकल्प छ । पहिलो खेलमा आश्विनलाई खेलाएको दिल्लीले दोस्रो खेलमा लेग स्पिनर अमित मिाश्रालाई खेलाएको थियो ।

पहिलो खेलमा एक ओभर मात्र बलिङ गरेका आश्विनले दुई रन खर्चेर २ विकेट लिएका थिए । तर चोटका कारण उनी दोस्रो खेलमा पूर्णरुपमा फिट हुन सकेनन् । त्यसैले लेग स्पिनर मिश्रालाई चेन्नईविरुद्ध मैदान उतारेको थियो । मिश्राले ४ आभरमा २३ रन खर्चेका थिए । भारतसँग एउटा स्पिनरले खराब प्रर्दशन गर्दा अर्को राम्रो विकल्प छ ।

दुवै अनुभवी र उत्कृष्ट हुँदा सन्दीपलाई कठिन बनेको हो । दिल्लीले प्रमुख दुई स्पिनर खेलाउने परेको खण्डमा पनि आश्विन र मिश्रालाई मैदान उतानेए सम्भावना देखिन्छ । गतवर्ष मिश्राले खराब प्रर्दशन गर्दा सन्दीपले मौका पाएका थिए । तर यसपटक मिश्रा नचल्दा आश्विन र आश्विन नचल्दा मिश्रा विकल्पको रुपमा छन् ।

गतवर्ष दिल्लीको मुख्य समस्या तल्लोक्रमको ब्याटिङ थियो । जसको कारण दिल्लीले तल्लोक्रम ब्याटिङ बलियो बनाउन शिम्रन हेटमायर र अलराउन्डर मार्कस स्टोइनिस जस्ता खेलाडी अक्सनमा अनुबन्ध गरेको थियो । वेस्टइन्डिजका युवा ब्याट्सम्यान हेटमायर दिल्लीका प्रमुख ब्याट्सम्यान हुन् । अलराउन्डर मार्कस स्टोइनिसले तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्नुको साथै मध्य गतिमा बलिङ गर्ने गर्दछन् ।

पहिलो खेलमा स्टोइनिसले आक्रामक ५३ रन जोड्नुको साथै महत्वपूर्ण दुई विकेट लिएका थिए । सन्दीपलाई खेलाउन यी दुई मध्य एकलाई बेन्चमा राख्नुपर्ने हुन्छ । जसले गर्दा दिल्लीको टोलीमा सन्तुलन बिग्रिन जान्छ । तल्लोक्रम ब्याटिङ कमजोर बन्ने देखिन्छ । जसले गर्दा दिल्लीले यी दुई खेलाडीलाई पहिलो रोजाईमा खेलाएको छ र आगमी दिनमा पनि खेलाउने छ ।

हेटमायरले खराब प्रर्दशन गर्दा ब्याटिङ बलियो बनाउन विकेटकिपर एलेक्स केरीका साथ अघि बढ्ने देखिन्छ । स्टोइनिसले खराब प्रर्दशन गरे वेस्टइन्डिजका अलराउन्डर किमो पल विकल्पमा रहने छन् ।

प्रकाशित मिति २०७७ असोज १३ गते मंगलबार ०२:५२
हजुरको प्रतिक्रिया