२०८३ साउन २१ गते बिहीबार

गठबन्धनका बागी श्रेष्ठले स्याङ्जा-१ क मा उम्मेदवार फिर्ता लिए

गठबन्धनका बागी श्रेष्ठले स्याङ्जा-१ क मा उम्मेदवार फिर्ता लिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०३:००

मेखलालकाे उम्मेदवारी फिर्ता भएसँगै थापामगरलाई सहज भएकाे छ । 

स्याङजा । स्याङ्जा १ (क) मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका छन् ।

प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अमृता थापामगर उम्मेदवार बनेकी थिइन् । मेखलालकाे उम्मेदवारी फिर्ता भएसँगै थापामगरलाई सहज भएकाे छ ।

गठबन्धन दलहरु वीच भएको सहमति तथा पार्टी केन्द्रको निर्देशन पछि श्रेष्ठले नाम फिर्ता गरेका हुन् । श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ निकट हुन् । प्रतिनिधि सभातर्फ भने कांग्रेसका राजु थापा उम्मेदवार बनेका छन् ।

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०३:००
हजुरको प्रतिक्रिया