२०८३ साउन २१ गते बिहीबार

कांग्रेस नेतृत्वको गठबन्धनका सूत्रधार पौडेललाई चुनौति

कांग्रेस नेतृत्वको गठबन्धनका सूत्रधार पौडेललाई चुनौति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०३:४१

सातौं चुनावी यात्रामा रहेका पौडेललाई गठबन्धन तोडिएसँगै चुनौति थपिएको छ भने तनहुँमा राम्रो प्रभाव भएका कांग्रेसकै गोविन्दराज जोसीले पनि स्वतन्त्र उम्मदेवारी दिएका छन् ।

तनहुँमा एकीकृत समाजवादीको उम्मेदवारी कायमै

पोखरा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई कांग्रेस नेतृत्वको गठबन्धनको सुत्रधार भएको बारम्बार दाबी गर्छन् । तनहुँ १ मा मनोनयन दर्ता गराउँदै उनले सत्ता गठबन्धन तनहुँबाटै सुरु भएको जिकिर गर्ने छाडेनन्् ।

उनलाई चुनौति दिँदै नेकपा एकीकृत समाजवादी पार्टीले भाग नपाएपछि असन्तुष्टि जनाउँदै तनहुँका चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराए । रामचन्द्र पौडेलसहित एकीकृत समाजवादीका नेताहरुबीच भएको छलफलमा तनहुँमा उम्मेदवारी फिर्ता लिन आग्रह गरे । समाजवादीका नेताहरुले कम्तीमा एउटा प्रदेश सभा क्षेत्र पाउनुपर्ने अडान लिएका थिए ।

बुधबार उम्मेदवारी फिर्ता लिन तोकिएको समयमा पनि समाजवादीका उम्मेदवारले फिर्ता लिएका छैनन् । उक्त पार्टीबाट तनहुँ १ (क) मा विद्या ढकाल, (ख) मा कलिला खातुन चुनावी मैदानमा छन् । तनहुँ २ (क) मा दुर्गाकुमार श्रेष्ठले र २ (ख) मा प्रतापलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएपनि फिर्ता लिएका छैनन् ।

गठबन्धनको सूत्रधार बताउने रामचन्द्रको गृह जिल्लामा समाजवादीले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धन तोडिएको छ । सातौं चुनावी यात्रामा रहेका पौडेललाई गठबन्धन तोडिएसँगै चुनौति थपिएको छ भने तनहुँमा राम्रो प्रभाव भएका कांग्रेसकै गोविन्दराज जोसीले पनि स्वतन्त्र उम्मदेवारी दिएका छन् ।

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०३:४१
हजुरको प्रतिक्रिया