२०८३ असोज २३ गते शुक्रबार

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङतर्फको पुरुष फोयल टिम इभेन्टमा बागमतीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदः फेन्सिङतर्फको पुरुष फोयल टिम इभेन्टमा बागमतीलाई स्वर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २६ गते बुधबार ०६:५५

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूर पश्चिम र प्रदेश नं १ ले कास्य पदक हात पारेका छन्

पोखरा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङ खेलमा बागमती प्रदेशले थप एक स्वर्ण पदक जितेको छ । पोखरामा बुधबार भएको फेन्सिङको पुरुष फोयल टिम ईभेन्टमा बागमतीले नेपाली सेनालाई पराजित गर्दै स्वर्ण पदक जितेको हो । योसँगै वागमतीले फेन्सिखेलमा मात्र स्वर्ण पदक संख्या ३ पु¥याएको छ ।

पोखरा रंगशालास्थित व्याडमिन्टन कोर्टमा भएको फाइनल प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदकमा चित्त बुझाउँदा सुदूर पश्चिम र प्रदेश नं १ ले कास्य पदक हात पारेका छन् । फेन्सिङमा प्रदेश नम्बर १ को यो पहिलो सहभागिता हो ।

फेन्सिङको अंक तालिका अनुसार वागमती प्रदेश र्शिष स्थानमा उक्लेको छ । वागमतीले ३ स्वर्ण, एक रजत सहित ४ पदक प्राप्त गरेको छ । त्यसैगरी नेपाल आर्मीले दुई स्वर्ण, ४ रजत र ६ कास्य सहित १२ पदक प्राप्त गरेको छ ।

शसस्त्र प्रहरीले १ स्वर्ण, २ रजत र ५ कास्य सहित ८ पदक प्राप्त गर्दै तेश्रो हुँदा सुदूरपश्चिम प्रदेशले १ स्वर्ण पदक सहित चौथो स्थान सुरक्षित गरेका छन । गण्डकी प्रदेश र प्रदेश नम्बर १ ले एक÷एक कास्य पदक प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति २०७९ असोज २६ गते बुधबार ०६:५५
हजुरको प्रतिक्रिया