२०८३ साउन २१ गते बिहीबार

महिला भलिबल आजदेखि, उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

महिला भलिबल आजदेखि, उद्घाटनमा गण्डकी र सुदुरपश्चिम भिड्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २७ गते बिहीबार ०९:२०

सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।

बेनी । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तरगत म्याग्दीको बेनीमा आज बिहिबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुदैछ ।

बेनीको खुल्ला मञ्चमा दिउँसो २ बजे उद्घाटन हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश भिड्दैछन् ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार लिग कम नक आउटमा खेलाईने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

सात प्रदेशसहित नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले जानकारी दिए ।

समुह १ र २ मा तीन/तीन र समुह ३ र ४ मा २/२ वटा टिम रहेका छन् । पाँच दिनसम्म संचालन हुने प्रतियोगितामा कुल १६ खेल सञ्चालन हुनेछन् ।

महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरु समेत सुरु हुदैछन् । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दीमा आउदैछन् ।

प्रकाशित मिति २०७९ असोज २७ गते बिहीबार ०९:२०
हजुरको प्रतिक्रिया