२०८३ असोज २३ गते शुक्रबार

 थापा भन्छन्ः महिलाका मुद्धामा संवेदनशील छु

 थापा भन्छन्ः महिलाका मुद्धामा संवेदनशील छु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २८ गते शुक्रबार ०७:१३

महिलाका जस्तोसुकै समस्या र मुद्धामा आफू जहिले पनि संवेदनशील रहेको थापाकाे जाेड

पोखरा । मसिंर ४ को प्रतिनिधि तथा प्रदेश सभा चुनावको रौनक ह्यात्तै बढेको छ । उम्मेदवारहरु चुनावी अभियान लिएर आफ्ना क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

यसै क्रममा कास्की निर्वाचन क्षेत्र नं २ (ख) मा गठबन्धनका उम्मेदवार विन्दुकुमार थापाले शुक्रबार पत्रकार महिलाहरुसँग भेटेर छलफल गरेका छन् । महिलाहरुको समस्या र मुद्धालाई नजिकबाट जान्न, बुझ्न र समेट्नका लागि भन्दै थापाले अनौपचारिक छलफल गरेका हुन् । थापाले महिलाका जस्तोसुकै समस्या र मुद्धामा आफू जहिले पनि संवेदनशील रहेको बताए ।

‘पत्रकार महिलाको समस्या बुझ्न र सुझाव लिन आएको हुँ, महिलाहरुको समस्या बढी पत्रकार महिलालाई थाहा हुन्छ,’ गण्डकी प्रदेशका कानुनमन्त्रीसमेत रहेका थापाले भने ।

छलफलमा पत्रकार महिलाको साझा आवाज थियो, ‘पहिलो पटक कुनै मन्त्रीले पत्रकार महिलाको समस्या सुन्न बोलाउनुभयो, राम्रो लाग्यो तर चुनावी फन्डा मात्रै नहोस् ।’

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले प्रदेशबाट सञ्चार क्षेत्रका लागि धेरै राम्रा काम हँुदा हुदैँ कमी कमजोरी पनि रहेको बताइन् । उनले भनिन्, ‘प्रदेशबाट पत्रकारिता क्षेत्रका लागि राम्रा काम भएका छन् । तर कमी कमजोरी पनि भएको छ । जस्तो प्रदेशको आम सञ्चार विधेयक अझै आउन सकेन ।’

पत्रकार जमुना वर्ष शर्माले चुनावी माहोलमा मात्र पत्रकार महिलालाई सम्झिएकोमा गुनासो गर्दै यसलाई चुनावी एजेण्डा मात्र नभई गम्भीर भएर लिन आग्रह गरिन् । पत्रकार उमा आले मगरले समस्या सुन्ने र त्यसको सुनुवाई नहुने प्रवृत्ति रहेको बताउँदै छलफलका निष्कर्षलाई कार्यान्वयन पनि गर्नुपर्ने बताइन् ।

पत्रकार महिलाको समस्या र सुझाव सुनिसकेपछि मन्त्री थापाले महिला दिदिबहिनीको विषयमा आफू गम्भीर र संवेदनशील रहेको बताए । उनले आफूले अहिले सम्म गरेका राम्रा कामहरुलाई निरन्तरता दिने बताउँदै अवसर पाए कमी कमजोरीलाई पनि सुधार्ने बताए ।

प्रदेश (ख) मा उनको प्रत्यासी एमालेबाट मीना गुरुङ छन् । सञ्चार क्षेत्रसंगै जोडिएकी गुरुङ उनको बलियो प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।

प्रकाशित मिति २०७९ असोज २८ गते शुक्रबार ०७:१३
हजुरको प्रतिक्रिया