मार्क्सवादी पाठ्यक्रममा आधारित पुस्तक ‘कम्युनिस्ट स्कूल’ बजारमा आएको छ ।
पुष्तकलाई लेखक तथा पत्रकार मनहरि तिमिल्सिनाले लेखेका हुन । पुष्तक इण्डिगइन्क प्रकाशनले बजारमा ल्याएको हो । पुस्तकमा मार्क्सवादी दर्शनका आधारभूत अन्तरबस्तुको रक्षा, प्रयोग र विकास एवं नेपाली सापेक्षतामा क्रान्तिकारी कार्यदिशा आदिबारे व्याख्या गरिएकाे लेखकको दावी छ ।
समाजवादोन्मुख राज्यको संवैधानिक व्यवस्थाले नेपाली विशेषताको मौलिकतासहितको समाजवादको यात्रामा विगतका कम्युनिष्ट आन्दोलनको समीक्षासहित नयाँ र एकताबद्ध कार्यभारलाई व्यवस्थित गर्न कम्युनिष्ट विश्व दृष्टिकोण निर्माणमा पुस्तकले जोड दिएको छ ।
कूल ३८० पृष्ठ र पाँच खण्डको सो पुस्तकमा दर्शनशास्त्र, मार्क्सवादी राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व कम्युनिष्ट आन्दोलनको इतिहास तथा विज्ञान र प्रविधिसँग सम्बन्धित विषयवस्तु समेटिएका छन् ।
लेखक तिमिल्सिना तत्कालीन प्रधानमन्त्री दाहालका प्रेस संयोजक रहेका थिए । नेकपा निकट बुद्धिजीवी सङ्गठनमा आबद्ध उनकोे यसअघि ‘जनताको जनवादका आधारहरु’ (संयुक्त) पुस्तक प्रकाशित थियो ।
प्रकाशित मिति २०७७ असोज १४ गते बुधबार ०१:००




