२०८३ साउन २१ गते बिहीबार

सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार १२:४५

सेनाले पहिलो सेट २१–१२ र दोस्रो सेटमा २१–१७ को अंकले प्रदेश नं. १ लाई हराएको हो ।

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली आर्मीले विजयी सुरुवात गरेको छ । नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो ।

सेनाले पहिलो सेट २१–१२ र दोस्रो सेटमा २१–१७ को अंकले प्रदेश नं. १ लाई हराएको हो । सेपाकताक्रो खेलमा महिला र पुरुषतर्फ ९८ खेलाडीले भाग लिएका छन् ।

महिला र पुरुषको फरक–फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाताक्रो खेलमा प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र नेपाली सेनाका टिमले भाग लिएका छन् ।

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार १२:४५
हजुरको प्रतिक्रिया