२०८३ साउन २१ गते बिहीबार

बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता

बुद्धिचालमा रुपेश, सुजना र आशिषको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०२:२२

गोरखा नगरपालिका ५ स्थित हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा जारी प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ ।

गोरखा । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला तथा महिला तर्फको दोस्रो र तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भएको छ । खुल्ला क्लासिकल इभेन्ट तर्फको तेस्रो चरणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवालको अग्रता कायमै रहेको छ । उनले क्लासिकल इभेन्टको तेस्रो चरण सकिदासम्म ३ अंक जोड्न सफल भएका हुन् । प्रतियोगितामा बाग्मती प्रदेशका आशिष फुया्लले पनि ३ अंक जोड्न सफल हुनुभएको निर्णायक दिपेश गिरीले जानकारी दिए ।

त्यस्तै नेपाल प्रहरीका क्षितिज भण्डारीले पनि तेस्रो चरणसम्म आइपुग्दा ३ अंक जोडेका छन् भने त्रिभुवन आर्मी क्लबका सजिन महर्जनले २ दशमलव ५ अंक जोड्नु भएको उनले बताए । प्रतियोगिता अन्तरगत महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुदाँ त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी, प्रदेश नम्बर १ की खेलाडी खुस्बु थापाले अग्रता लिएका छन् ।

लोहनीले तेस्रो चरणको क्लासिकल इभेन्ट सम्पन्न भईसक्दा ३ अंक जोडेका छन् । त्यस्तै प्रदेश नम्बर १ की खेलाडी थापाले पनि अंक ३ प्राप्त गरेका छन् । प्रतियोगितामा गण्डकी प्रदेशकी पुजा भण्डारीले ३ अंक जोड्दै आफूलाई बलियो दावेदारीको रुपमा प्रस्तुत गरेका छन् । प्रदेश नम्बर १ की कृतिसारा अधिकारीले २ दशमलव ५ अंक जोड्नु भएको निर्णायक गिरीले जानकारी दिए ।

प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । गोरखा नगरपालिका ५ स्थित हिलेपोखरीमा रहेको गोरखा क्याम्पस परिषरमा जारी प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तरगत पाँच दिन क्लासिकल, दुई दिन रयापिड र एक दिन बिल्च इभेन्टमा प्रतिस्पर्धा हुदैछ ।

 

 

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०२:२२
हजुरको प्रतिक्रिया