२०८३ असोज २३ गते शुक्रबार

प्याराग्लाइडिङको पहिलो राउन्डको खेलमा एकलतर्फ आर्मी र टिमतर्फ गण्डकी अग्रस्थानमा

प्याराग्लाइडिङको पहिलो राउन्डको खेलमा एकलतर्फ आर्मी र टिमतर्फ गण्डकी अग्रस्थानमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २९ गते शनिबार ०७:५७

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शनिबारदेखि प्याराग्लाइडिङ सुरु भएको छ । जसमा पहिलो दिन भएको पहिलो चरणको खेलमा एकल पुरुषतर्फ आर्मी र टिमतर्फ गण्डकी प्रदेश अग्रस्थानमा छन् । ४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाइडिङ...

पोखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत शनिबारदेखि प्याराग्लाइडिङ सुरु भएको छ । जसमा पहिलो दिन भएको पहिलो चरणको खेलमा एकल पुरुषतर्फ आर्मी र टिमतर्फ गण्डकी प्रदेश अग्रस्थानमा छन् ।
४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाइडिङ क्रस कन्ट्री तर्फको इभेन्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक ल्याउदै अग्रस्थानमा छन् ।

त्यसैगरी गण्डकी प्रदेशका विजय गौतम ९ सय ४८ अंकका साथ दोस्रो स्थानमा रहँदा बागमती प्रदेशका कृष्ण बहादुर सुनुवारले ९ सय २५ अंक बटुल्दै तेस्रो स्थानमा छन् ।

त्यस्तै, टिम इभेन्टतर्फ गण्डकी प्रदेशले २ हजार ५ सय ५६ अंक ल्याउदै अग्रस्थानमा छ । २ हजार १ सय ४८ अंक बटुल्दै आर्मी दोस्रो र १ हजार ५ सय ३३ अंक बटुल्दै तेस्रो स्थानमा छ ।

कास्कीको नौडाँडा, पँचासे, मेथ्लाङडाँडा, अर्मला लगायतको टाक्स निर्धारण गरिएको प्रतियोगिताका संयोजक शैलेन्द्र राउतले बताए ।

उनका अनुसार उक्त प्रतियोगितामा नेपाल आर्मी, एपिएफ, गण्डकी प्रदेश, प्रदेश नम्बर १, बागमती प्रदेश र कर्णाली प्रदेश गरी ६ टिम सहभागी छन् ।

प्रतियोगितामा ४ राउन्डमध्ये ३ राउन्डलाई मान्यता दिइने भएको छ । प्रतियोगी सराङकोटको डाँडाबाट उडान भरी खपौदीमा अवतरण गरेका छन् ।

प्रकाशित मिति २०७९ असोज २९ गते शनिबार ०७:५७
हजुरको प्रतिक्रिया