२०८३ साउन २१ गते बिहीबार

खोखो प्रतियोगितामा आर्मीको ‘फ्लोअन’ जित

खोखो प्रतियोगितामा आर्मीको ‘फ्लोअन’ जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ११:०९

४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो ।

पोखरा  ।  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत खोखो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले विजय सुरुआत गरेको छ । पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबारको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश १२, ११ ले अंकले हराएको हो ।

४ इनिङ्समा खेलाइने खेलमा आर्मीले लगातार ३ इनिङमा जित निकालेपछि फलोअन जित सुनिश्चित गरेको हो । प्रत्येक इनिङ ९ मिनेट खेलिने भएपनि अन्तिम इनिङ नखेलेर आर्मी विजेता घोषित भएको रेफ्री यमबहादुर थापाले जानकारी दिए ।

रंगशालास्थित ह्यान्डबल एक्याडेमीमा सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो । प्रतियोगिताको दोस्रो खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेश भिड्दैछन् ।

खोखोमा नेपाल आर्मी र नेपाल पुलिस क्बलसहित ९ टिम सहभागी छन् । राउन्ड रोबिनआधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ११:०९
हजुरको प्रतिक्रिया