२०८३ साउन २१ गते बिहीबार

खोखोमा लुम्बिनी हाबी, सिंगल इनिङ्समै जित

खोखोमा लुम्बिनी हाबी, सिंगल इनिङ्समै जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ०६:०२

पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ ।

लुम्बिनीकी एक खेलाडी घाइते

पोखरा

पोखरा ह्यान्डबल एकेडेमीमा आइतबारदेखि सुरु भएको खोखो प्रतियोगितामा लुम्बिनी प्रदेश हामी भएको छ ।

राउन्ड रोबिन लिग आधारमा भइरहेको समूह चरणको खेलमा महिला पुरुष दुवैमा लुम्बिनीले सिंगल इनिङमै जित निकालेको हो । पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६, ६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै लुम्बिनीले ३०, २ को अंकसहित सिंगल इनिङ्समा जित निकालेको छ ।

चार इनिङ्समा हुने खोखो खेलमा प्रत्येक इनिङ्समा ९ मिनेटको समय छुट्याइएको हुन्छ । जसमा निर्धारित समयभित्र बढी अंक प्राप्त गर्ने टिम नै विजेता हुन्छन् । तर, पहिलो इनिङ्समा अंकभार फराकिलो पर्न गए बढी अंक ल्याउनेले सोझै जित्ने नियम हुन्छ । आइतबार ८ खेलमध्ये अधिकांश खेल सिंगल इनिङ्समै सकिएको खोखो संघका प्रचारविभाग प्रमुख सुशिलामान व्यञ्जनकारले जानकारी दिए ।

आइतबार बिहान मधेश प्रदेश र नेपाल आर्मीबीच भएको खेलमा पनि विभागीय टिम नेपाल आर्मीले सिंगल इनिङ्समै जित निकालेको थियो । जसमा नेपाल आर्मीले पहिलो इनिङमा १७ अंक ल्याउँदा मधेस प्रदेश ३ अंकमा समेटिएको थियो । त्यस्तै आइतबार दिउँसो भएको नेपाल आर्मी र प्रदेश नं १ बीच भएको महिला खोखोमा नेपाल आर्मीले फराकिलो अंकसहित सिंगल जित दर्ज ग¥यो ।

प्रदेश १ केवल १ अंकमा समेटिँदा आर्मीको टिमले ३३ अंक ल्याएको थियो ।

लुम्बिनी प्रदेशकी खेलाडी घाइते

खेलका क्रममा लुम्बिनी प्रदेशकी एक लडेर खेलाडी घाइते भएकी छन् । कर्णाली प्रदेशसँग खेलका क्रममा लुम्बिनीकी दीपा विक लडेर घाइते भएको प्रचार विभाग प्रमुख व्यञ्जनकारले जानकारी दिए ।

‘विकको लडेर हातमा चोट लागेको छ । गम्भीर चोट लागेको आशंकाले यहाँ प्राथमिक उपचारपछि एक्सरेका लागि अस्पताल पठाएका छौैं,’ व्यञ्जनकारले भने, ‘अरु जानकारी आउन बाँकी छ ।’

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०६:०२
हजुरको प्रतिक्रिया