२०८३ साउन २१ गते बिहीबार

महिला भलिबलमा सोमबारदेखि क्वाटरफाइनल खेल

महिला भलिबलमा सोमबारदेखि क्वाटरफाइनल खेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ०७:४१

म्याग्दी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । लिग चरणको खेल अन्तर्गत आइतबार वागमतीले मधेश प्रदेशलाई सोझो सेटमा पराजित ग¥यो । बागमतीले मधेशलाई २५–६, २५–८ र २५–७ को सोझो सेटमा...

म्याग्दी

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबलमा क्वाटरफाइनल समीकरण पूरा भएको छ । लिग चरणको खेल अन्तर्गत आइतबार वागमतीले मधेश प्रदेशलाई सोझो सेटमा पराजित ग¥यो ।

बागमतीले मधेशलाई २५–६, २५–८ र २५–७ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो ।

त्यसैगरी नेपाली सेनाको त्रिभूवन आर्मी क्लवले सशस्त्र प्रहरीको एपीएफ क्लवलाई ४–१ को सेटमा पराजित ग¥यो । आर्मीले एपीएफलाई २५–२०, १९–२५, २५–२१ र २५–२३ कासेटमा हराउँदै जित दर्ता ग¥यो ।

एउटै समूहका एपीएफले समूह बिजेता र आर्मीले उपबिजेता बन्दै क्वाटरफाइनलको यात्रा तय गरे । आइतबार भएको खेलमा एपीएफकी निरुता ठगुन्ना र वागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भए ।

लिगकम नकआउटका आधारमा भएको वेष्ट अफ फाइभको खेलमा पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएका छन् ।

सोमबारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बिनी प्रदेश, वागमती र सुदूरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरेर १० टोलीले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०७:४१
हजुरको प्रतिक्रिया