पोखरा
तिहारको भाइटीकाको भोलिपल्ट अर्थात कात्तिक ११ गतेदेखि चलचित्र महापुरुष प्रदर्शन हुने भएको छ । चलचत्रि प्रदर्शनको मिति नजिकिँदै गर्दा चलचत्रि टिम त्यसको प्रचार प्रसारको लागि देश दौडाहामा छ । देश दौडाहामा रहेको टिम आइतबार पोखरा आइपुगेको छ ।
टिमले पोखराको लेकसाइडस्थित हल्लनचोकमा चलचित्रको प्रचार गर्न एक कार्यक्रम समेत गर्यो । कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकार सहभागी भए ।
प्रदीप भट्टराईले निर्देशन गरेको चलचित्रमा विशेष गरी एकल पुरुषहरुको व्यथालाई उतार्ने प्रयास गरिएको अभिनेता तथा वरिष्ठ हस्य कलकार हरिवंश आचार्यले चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बताए ।
‘महापुरुष हाँसो, प्रेम र रोहनको पारिवारिक कथा बोकेको चलचित्र हो,’ उनले भने, चलचित्रले दर्शकको मन छुन्छ भन्ने विश्वास छ, यसले सामाजिक सन्देश पनि दिएको छ । ’ कथाबस्तुसँगै प्रत्येक कलाकारको जीवन्त अभिनय रहेको उनले जिकिर गरे । वरिष्ठ हस्य कलाकार राजाराम पौडेलले पुरानो र नयाँ पुस्ताको अभियनले चलचित्रलाई उत्कृष्ट बनाएको दाबी गरे ।
अभिनेत्री गौरी मल्लले सामाजिक विषयबस्तुलाई चलचिमा प्रस्तुत गरिएको बताइन् । चलचित्रका नव नायक अरुण क्षेत्री र नायिका अञ्जना बराइलीले मेहनतका साथ चलचित्र तयार भएको भन्दै यसलाई दर्शकको साथ मिल्ने विश्वास व्यक्त गरे ।
चलचित्रका निर्माता रवीन्द्रसिंह बानियाले चार करोडको लागतमा चलचित्र तयार भएको बताए । उनले काठमाडौंको मध्यमवर्गीय परिवारको कथालाई चलचित्रमा समेटिएको जानकारी दिए । फिल्ममा हरिवंश, राजाराम, गौरी, मदनकृष्ण श्रेष्ठ, सिरु विष्ट, रवीन्द्र सिंह बानिया, अरुण र अञ्जनाको मुख्य अभिनय छ ।
प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ११:४५




