२०८३ असोज २३ गते शुक्रबार

महिला फुटबलमा एपिएफको विजयी सुरुआत

महिला फुटबलमा एपिएफको विजयी सुरुआत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३१ गते सोमबार ०६:१६

असोज ३१ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ । एपिएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्दै जित निकालेकोे...

असोज ३१ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार वालिङको फुटबल मैदानमा भएको महिला फुटबल प्रतियोगिताको पहिलो खेलमा एपिएफ क्लब विजयी भएको छ ।

एपिएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्दै जित निकालेकोे हो ।

खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन । खेलको छैठौ औँ मिनेटमा अनिता केसीले आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारिन । खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन ।

खेलकोे ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले व्यक्तिगत दोस्रो गोल गर्दे टीमको लागि चौथो गोल गरिन । खेलको ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल गरिन् ।

प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०६:१६
हजुरको प्रतिक्रिया