२०८३ असोज २३ गते शुक्रबार

चितवन १ मा कांग्रेसका बागीले गरे विश्व पौडेललाई समर्थन

चितवन १ मा कांग्रेसका बागीले गरे विश्व पौडेललाई समर्थन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३१ गते सोमबार ०५:४०

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका हुन् ।

काठमाडौं । चितवन क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले  नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेललाई समर्थन गरेका छन् ।

कांग्रेसले यो क्षेत्रमा विश्व पौडेललाई उम्मेदवार बनाएपछि बुर्लाकोटीले बागी उम्मेदवारी दिएका थिए र उनले निर्वाचन आयोगले दिएको समयभित्र उम्मेदवारी फिर्ता पनि लिएका थिएनन् ।

तर सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेपछि बुर्लाकोटीले आफ्नो उम्मेदवारी निष्क्रिय बनाउने घोषणा गरेका हुन् । पार्टीले सम्मानजनक भूमिका दिने विश्वास दिलाएपछि उम्मेदवारी निष्क्रिय रहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

यो क्षेत्रमा नेकपा एमालेबाट सुरेन्द्र पाण्डे उम्मेदवार छन् । २०७४ सालमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका बुर्लाकोटी नेकपा एमालेका नेता पाण्डेसँग पराजित भएका थिए ।

प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०५:४०
हजुरको प्रतिक्रिया