२०८३ साउन २१ गते बिहीबार

खेलकुद

टी–२० विश्वकपमा स्कटल्याण्डकाे सनसनीपूर्ण जित

टी–२० विश्वकपमा स्कटल्याण्डकाे सनसनीपूर्ण जित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३१ गते सोमबार ०६:४७

वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी-२० विश्वकप च्याम्पियन हो ।

वेष्टइण्डिज ४२ रनले पराजित

यसैपनि क्रिकटेलाइ अविश्वासकाे खेल भनिन्छ । तर, विश्वकपजस्ताे प्रतिष्पर्धामा यस्ताे अविश्वास कमै मात्र देख्न पाइन्छ । जारी टी-२० विश्वकपमा लगातार यस्तै अविश्वस्नीय नतिजा सार्वजनिक भएकाे छ ।

 

आइतबार नामिबियाले विश्वविजेता भइसकेकाे श्रीलंकालाई हराएर शुरू गरेकाे अविश्वस्नीय नतिजाकाे निरन्तरता स्कटल्याण्डले कायम राखेकाे छ । स्कटल्याण्डले दुई पटकको च्याम्पियन वेष्टइण्डिजलाई ४२ रनले हराएर जारी विश्वकपमा अाफ्नाे उपस्थितिलाइ गर्विलाे बनाएकाे छ ।

 

क्वालिफाइङ राउण्डमा स्कटल्याण्डले दिएको १६१ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिज १८.५ ओभरमा ११८ रनमा अलआउट भयो । उसका लागि जेसन होल्डसले सर्वाधिक ३८ रन बनाए ।

 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १६० रन बनाएको थियो । उसका लागि जोर्ज मुन्सेले अविजित ६६ रन बनाएका थिए ।

 

जितपछि स्कटल्याण्डका कप्तान रिचर्ड बेरिङटनले भनेका छन्, ‘यो जित हाम्रा लागि खास छ । यसका लागि हामीले पछिल्लो १२ महिना निकै मिहिनेत गरेका छौं ।’

 

वेष्टइण्डिज सन् २०१२ र २०१६ को टी-२० विश्वकप च्याम्पियन हो ।

प्रकाशित मिति २०७९ असोज ३१ गते सोमबार ०६:४७
हजुरको प्रतिक्रिया