२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशस्तरीय खेलकुद विकास विधेयक पारित

गण्डकी प्रदेशस्तरीय खेलकुद विकास विधेयक पारित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १५ गते बिहीबार ११:२१

पोखरा । गण्डकी प्रदेश सरकारले वुधवार गण्डकी प्रदेश खेलकुद विकास विधेयक पारित गरेको छ । प्रदेश सभाको ५७ औं वैठकवाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले...

पोखरा । गण्डकी प्रदेश सरकारले वुधवार गण्डकी प्रदेश खेलकुद विकास विधेयक पारित गरेको छ । प्रदेश सभाको ५७ औं वैठकवाट सामान्य संसोधन सहित गण्डकी प्रदेश खेलकुद विकास विधेयक २०७७ पारित भएको हो ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय खेलकुद ऐनसँग नबाझिने गरि प्रदेश सभावाट विधेयक पारित गरेको हो । यहि असोज ५ गते प्रदेश सभामा दर्ता भएको खेलकुद विधेयक विधायन समितीमा सामान्य संसोधन सहित पारित भएको विधायन समितीका सभापती एवम गण्डकी प्रदेश सांसद मोहन रेग्मीले जानकारी दिए । उनका अनुसार २५ सदस्यिय वोर्ड रहनेगरि विधेयक संसोधन गरिएको हो ।

विधेयक पारित भएसँगै प्रमाणिकरणका लागी करिव २ साताको समय लाग्नेछ । प्रमाणिकरण लगतै सदस्य सचिब छनोटका लागी समिती गठन हुनेछ ।” विधेयकमा सदस्य सचिव छनोटका लागि ३ सदस्यिय समिती गठन गर्ने प्रावधान रहेको छ । गण्डकी प्रदेश खेलकुद विकास समितीको सदस्य सचिव वन्नका लागि ६० वर्ष उमेर हद तोकिएको छ भने स्नातक तह उर्तिण गरेको हुनुपर्नेछ । त्यसै गरि प्रदेश खेलकुद सञ्चालन गर्न सदस्य सचिब सहित ५ सदस्यीय कार्यकारी वोर्ड समेत रहनेछ भने वोर्डको कायकाल ४ वर्षको हुनेछ ।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहीबार ११:२१
हजुरको प्रतिक्रिया