२०८३ साउन २१ गते बिहीबार

महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५/५ स्वर्ण

महिला कुस्तीमा सेना र सुदूरपश्चिमलाई ५/५ स्वर्ण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार १२:५०

कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए ।

नवलपरासी । पूर्वी नवलपरासीमा भएको कुस्ती महिलातर्फका सबै स्वर्ण पदक विभागीय टोली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले कब्जा गरेका छन् ।

मंगलबार स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा विभागीय टिम नेपाली नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश प्रदेशले समान पाँच–पाँच वटा स्वर्ण पदक हात पारेका हुन् ।

आर्मीका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ्ग, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जितेका हुन् ।

त्यसैगरी सुदूरपश्चिमका लागि ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५ केजी तौल समूहमा संगीता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले स्वर्ण पदक जिते ।

कुस्ती महिलातर्फ ५९ जना खेलाडीले विभिन्न १० वटा तौल समूहमा खेल भएका थिए । खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका गरि १० टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार १२:५०
हजुरको प्रतिक्रिया