२०८३ साउन २१ गते बिहीबार

गण्डकीका अर्थमन्त्रीले भनेः प्याराग्लाइडिङ छिटाे खुलाऊ

गण्डकीका अर्थमन्त्रीले भनेः प्याराग्लाइडिङ छिटाे खुलाऊ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक १ गते मंगलबार ०१:०५

पोखरा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रतिबन्ध गरिएको प्याराग्लाइडिङ खुला गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खेलका क्रममा भएको दुर्घटनालाई लिएर देशैभरिको प्याराग्लाइडिङ...

पोखरा
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रतिबन्ध गरिएको प्याराग्लाइडिङ खुला गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खेलका क्रममा भएको दुर्घटनालाई लिएर देशैभरिको प्याराग्लाइडिङ बन्द गर्ने निर्णय उचित नभएको जनाएका हुन् ।

मन्त्री बरालले दुर्घटनापश्चात जारी नवौंमा स्थगन गरिएको प्याराग्लाइडिङ प्रतियोगिता पनि आवश्यक मापदण्ड पूरा गरी सञ्चालन गर्न माग गरेका छन् । उनले भनेका छन्, ‘घटनाको छानबिन हुनैपर्छ, तर, यो निर्णयले करोडौं लगानीमा सञ्चालित प्याराग्लाइडिङ कम्पनी तथा खेलको भविष्य माथि संकट सिर्जना हुन लागेको प्याराग्लाइडिङ नियमनकारी निकायहरुबाट स्वीकृति लिएर सञ्चालनमा आएको व्यवसाय हो, त्यसको सुरक्षा गर्नु राज्यको कर्तव्य हो ।’

पोखरामा जारी नर्वौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गत असोज ३० गते प्याराग्लाइडिङ क्रसकन्ट्री विधाको प्रतिस्पर्धाको क्रममा दुर्घटना हुँदा नेपाल आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको थियो ।

दुर्घटनापछि हवाई क्षेत्रको नियमनकारी निकाय हवाई उड्डयन प्राधिकरणले अनिश्चितकालका लागि देशैभर प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक १ गते मंगलबार ०१:०५
हजुरको प्रतिक्रिया