सनिबार र सार्वजनिक बिदाको दिनमा पनि लिन सकिने
पोखरा । गण्डकी प्रदेशको यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्रले सार्बजनिक बिदाका दिनहरुमासमेत स्मार्ट लाइसेन्स बितरण गर्ने जनाएको छ । कोभिड–१९ को जोखिम तथा सेवाग्राहीहरुको भिडभाडलाई मध्यनजर गर्दै सार्बजनिक बिदाका दिनहरुमा समेत स्मार्ट लाइसेन्स वितरण गर्न लागेको कार्यालयले उल्लेख गरेको छ ।
स्मार्ट लाइसेन्स सामान्य समयमा बिहान ८ :०० बजेदेखि दिउँसो २ : ३० बजेसम्म, शुक्रबार बिहान ८ :०० बजेदेखि दिउँसो २ : ०० बजेसम्म वितरित हुनेछ भने सनिबार र अन्य सार्बजनिक बिदाका दिनहरुमा बिहान ८ :०० बजेदेखि दिउँसो ३ : ०० बजेसम्म वितरित हुने सवारी चालक अनुमतिपत्रको कार्यालय गण्डकीले जनाएको हो ।
अहिले वितरित लाइसेन्स ०१-०७-००७८९९९९ नम्बरसम्मको मात्र रहेको हुँदा सो नम्बरसम्मका सेवाग्राहीले मात्र लाइसेन्सका लागि सम्पर्क गर्न कार्यालयले अनुरोध गरेको छ । सेवाग्राहीहरुले सक्कल बिल अथवा नागरिकताको प्रतिलिपीका आधारमा स्मार्ट लाइसेन्स प्राप्त गर्न सक्नेछन । स्वास्थ्य सतर्कताका सबै मापदण्ड पुरा गरेर मात्र लाइसेन्स लिन आउनका लागि कार्यालयले सेवाग्राहरुमा अनुरोध गरेको छ ।





