२०८३ साउन २१ गते बिहीबार

देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ आज देखि खुवाइँदै

देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ आज देखि खुवाइँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २ गते बुधबार ०७:५०

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । 

सरकारले आज र भोलि  देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल  तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ  दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाईने मन्त्रालयले जनाएको छ ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । 

प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०७:५०
हजुरको प्रतिक्रिया