२०८३ साउन २१ गते बिहीबार

डलरको भाउ अहिलेसम्मकै उच्च

डलरको भाउ अहिलेसम्मकै उच्च

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २ गते बुधबार ०८:३०

डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ ।

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ ।

डलरको यो भाउ अहिलेसम्मकै उच्च हो । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो ।

विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसले विश्वभरिको व्यापार र आन्तरिक कारोबारलाई समेत असर पार्नेछ । आयात गर्ने सामग्रीका लागि थप महँगो पर्छ । 

प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०८:३०
हजुरको प्रतिक्रिया