२०८३ साउन २१ गते बिहीबार

महिला भलिबलमा बागमती तेस्रो

महिला भलिबलमा बागमती तेस्रो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २ गते बुधबार ०१:२८

बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो ।

महिला भलिबलमा बागमती प्रदेश तेस्रो भएको छ ।म्याग्दीको बेनीमा बुधबार भएको खेलमा घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमती तेस्रो भएको हो ।

बागमतीले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो ।विभागीय टिम एपीएफ र पुलिस बीच आजै फाइनल खेल हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

एपीएफले बागमती र पुलिसले गण्डकीलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए ।

प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०१:२८
हजुरको प्रतिक्रिया