पोखरा
नवाैं राष्ट्रिय खेलकुदअन्तर्गत पाेखरा रंगशालामा भएकाे महिलापुरूष ४ सय मिटर रिलेमा विभागीय टिम नेपाल आर्मीले वर्चश्व कायम गरेकाे छ। दुवैमा नेपाल आर्मीले जित निकाल्दै स्वर्ण पदक पहिरिएकाे हाे ।
महिला ४ सय रिले दौडमा आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेण्डमा दूरी पार गरे ।
गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जित्यो ।
बागमतीका लागि रजीता दुलाल, स्वगता खाइजु, प्रकृती सुवाल र लुजना आमात्यले ५२.७६ ले दुरीपुरा गर्दै कास्य पदक जितेका छन् ।
पुरुषतर्फ एपिएफलाई स्वर्ण

पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशिष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेण्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।
त्यस्तै आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीलाई ४२.६० सेकेण्डमा दूरी पूरा गर्दै रजत पदक जितेको छ ।
लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले ४४.३८ सेकेण्डमा पूरा गर्दै कास्य पदक जितेका छन् ।
प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०६:०५




