२०८३ साउन २१ गते बिहीबार

गण्डकीलाई पुरुष फुटबलमा कास्य

गण्डकीलाई पुरुष फुटबलमा कास्य

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २ गते बुधबार ०६:३७

पाेखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै...

पाेखरा
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य जितेको छ ।
बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य जितेको हो ।
गण्डकीका कमल थापाले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
फाइनलमा आर्मी र एपिएफ भिड्दै
नवौं अन्तरगत पुरुष फुटबलको फाइनलमा विभागिय क्लबद्धय त्रिभुवन आर्मी र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्दै छन् । त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सेमिफाइनलमा १–० ले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको थियो ।
यस्तै एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फाराकिलो गोलअन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको फाइनल खेल पोखरा रंगशालास्थित फुटबल मैदानमा २ः३० बजे हुने आयोजकले जनाएको छ ।
Pic : nsjf/gandaki
प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०६:३७
हजुरको प्रतिक्रिया