२०८३ साउन २१ गते बिहीबार

पछिल्लो २४ घण्टामा देशभर १९ सय ११ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा देशभर १९ सय ११ जनामा कोरोना संक्रमण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १५ गते बिहीबार ०५:५१

पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म कोरोना...

पाेखरा । पछिल्लो २४ घण्टामा नेपालमा १९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा १९११ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५०९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति २०७७ असोज १५ गते बिहीबार ०५:५१
हजुरको प्रतिक्रिया