२०८३ साउन २१ गते बिहीबार

साविक विजेता मुम्बईको दोस्रो जित, पन्जाब ४८ रनले पराजित

साविक विजेता मुम्बईको दोस्रो जित, पन्जाब ४८ रनले पराजित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १६ गते शुक्रबार ०७:३६

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा १ सय...

पाेखरा । इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १ सय ९२ रनको लक्ष्य दिएको थियो । जवाफमा पञ्जाबले ८ विकेटको क्षतिमा १ सय ४३ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि निकोलास पुरनले सर्वाधिक ४४ रन बनाए भने मयंक अग्रवालले २५ रनको योगदान दिए । मुम्बईका लागि जेम्स प्याटिन्सन, जस्प्रीत बुमराह र राहुल चहारले २–२ विकेट लिए । पञ्जाबका ५ खेलाडीले दोहोरो अंकमा रनसमेत बनाउन सकेनन् ।

पञ्जाबविरुद्ध मुम्बईको यो सबैभन्दा ठूलो जीत हो । यसअघि मुम्बईले पञ्जाबलाई सन् २०१६ मा २५ रनको अन्तरले हराएको थियो । बिहीबारको खेलमा रोहित शर्मा आईपीएलमा ५ हजार रन पुरा गर्ने तेस्रो खेलाडी बने । उनीभन्दा अघि विराट कोहली र सुरेश रैना रहेका छन् ।

यसअघि अबुधाबीको शेख जायद रंगशालामा टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९१ रन बनाएको थियो । कप्तान रोहित शर्माले सबैभन्दा धेरै ७० रन योगदान गरे । ४५ बल सामना गरेका उनले ८ चौका र ३ छक्का प्रहार गरे । ओपनर क्विन्टन डिकक भने शून्य रनमा आउट भए । पहिलो ओभरको पाँचौ बलमा उनलाई शेल्डन कोटरेलले पेभेलियनको बाटो देखाए ।

कप्तान शर्मालाई साथ दिन आएका सूर्यकुमार यादव पनि ७ बलमा १० रन बनाएर आउट भए । उनलाई चौथो ओभरको अन्तिम बलमा मोहम्मद शमीले रन आउट गरे ।

त्यसपछि क्रिजमा आएका इशान किसनले कप्तान शर्मासँग मिलेर रनको गति बढाए । दुई विकेटको क्षतिमा २१ रनको स्थितिमा रहेको मुम्बईको स्कोर ८३ सम्म पुग्यो । त्यसपछि मुम्बईलाई तेस्रो झट्का लाग्यो । इशान किसन ३२ बलमा २८ रन बनाएर आउट भए । गौतमको बलमा करुण नायरको हातबाट उनी आउट भए ।

त्यतिबेला १४ औं ओभरमा मुम्बईको स्कोर तीन विकेटको क्षतिमा ८७ रन थियो ।

इशान किसनपछि ब्याटिङ गर्न केरोन पोलार्ड आए । १५ ओभरमा तीन विकेटको क्षतिमा मुम्बईले १०२ रन बनाउँदा कप्तान शर्मा अर्धशतकको नजिक थिए । १६ औं ओभरमा जिम्मी निशमको बलमा चौका प्रहार गर्दै शर्माले आफ्नो अर्धशतक पूरा गरे । फेरि पनि शर्ट बलमा शर्माले छक्का प्रहार गरे ।

१६ औं ओभर पन्जाबका लागि महँगो सावित भयो । यस ओभरमा जिम्मी निशमले २२ रन खर्चिए । तर लगत्तैको अर्को ओभरमा मोहम्मद शमीले जिम्मीको हातबाट रोहित शर्मालाई क्याच आउट गराए ।

रोहित पछि ब्याटिङमा आएका हार्दिक पाण्डयाले पहिलो बलमै एक रन बनाएर खाता खोले । १८ औं ओभरमा जिम्मी निशमको पहिलो बलमै हार्दिक पाण्ड्याले छक्का प्रहार गरे ।

पाण्ड्याले नटआउट ३० रन बनाए भने केरोन पोलार्ड अर्धशतक बनाउन ३ रनले चुके । विस्फोटक ब्याटिङ गर्दै २० बलमा नटआउट रहँदै ४७ रन बनाएका पोलार्ड म्यान अफ द म्याच बने ।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ०७:३६
हजुरको प्रतिक्रिया