४० जनाको एन्टिडोपिङ नमुना कतार पठाइयो
पोखरा । राष्ट्रिय खेलकुदको नवौं संस्करणसम्म आइपुग्दा पहिलो पटक खेलाडीको डोपिङ परीक्षण गरिएको छ । कात्तिक २८ गते औपचारिक उद्घाटन भएपछि नै डोपिङको नमुना संकलन थालिएको थियो ।
राष्ट्रिय खेलकुद परीक्षणअनुसार पहिलो पटक विभिन्न प्रतियोगितामा सहभागी ४० खेलाडीको एन्टिडोपिङ परीक्षण एन्टिडोपिङ परीक्षण उपसमितिका सचिव डा. ज्ञानेन्द्र शाहले जानकारी दिए । संकलित नमुना परीक्षणका लागि कतार पठाइएको उनले जानकारी दिए । ‘अहिले हामीले ४० जना खेलाडीको ¥यान्डम्ली नमुना लिएका छौं,’ शाहले भने, ‘यसले नेपाली राष्ट्रिय खेलकुदको स्वच्छता बढाउन सहयोग पु¥याउने छ भन्ने विश्वास छ ।’ शाहका अनुसार दक्षिण एसियाली खेलकुदकै इतिहासमा पहिलोपटक यति ठूलो संख्यामा एन्टिडोपिङ परीक्षण गरिएको हो । ‘यो एकदमै सेन्सेटिभ विषय पनि हो । हामीले संकलन गरेको नमुना कतार पठाएका छौं । नतिजा आउन केही समय लाग्छ ।’
नवौं राष्ट्रिय खेलकुदका लागि ३ विभागीय, १ एनआरएनए र ७ प्रदेशसहित ११ टिम सहभागी छन् । नवौं अन्तर्गतका ३६ प्रतियोगितामा करिब ७ हजार खेलाडी सहभागी भएका थिए । उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरेको नवौं राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री शेरबहादुर देउवाले आज पोखरा रंगशालामा गर्दैछन्
प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०९:५५




