२०८३ असोज २३ गते शुक्रबार

कांग्रेस र कम्युनिस्टको गठबन्धन लोकतन्त्र बचाउन : पौडेल

कांग्रेस र कम्युनिस्टको गठबन्धन लोकतन्त्र बचाउन : पौडेल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार १२:५८

उनले कांग्रेस र कम्युनिस्ट लोकतन्त्र बचाउन सँगै आएको बारे जनतालाई बुझाउन कार्यकर्तालाई अनुरोध गरे ।

पोखरा

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र बचाउनका लागि नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताएका छन् ।

पाँच दलीय गठबन्धनले आज पोखरा आयोजना गरेको प्रदेश स्तरीय भेलामा सम्बोधन गर्दै उनले कांग्रेस र कम्युनिस्ट लोकतन्त्र बचाउन सँगै आएको बारे जनतालाई बुझाउन कार्यकर्तालाई अनुरोध गरे ।
उनले भने, ‘पुराना कुरा बिर्सेर भविश्य हेर्नुहोस, पार्टी पार्टीका कुरा छाडेर प्रतिगामीलाई रोक्ने हाम्रो उद्देश्यलाई मनमा राखेर चुनावी प्रचारमा लाग्न आग्रह गर्दछु । ’

राष्ट्रमा चुनौति भएको भन्दै पौडेलले त्यसको समना गर्न गठबन्धन निर्माण गरिएको बताए ।

 

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार १२:५८
हजुरको प्रतिक्रिया