२०८३ साउन २१ गते बिहीबार

अन्तर्वार्ता

कास्कीका बागी: देउवा, प्रचण्ड र नेपालकै टाउको दुखाइ, भने-दास होइनौं (भिडियो सहित)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ४ गते शुक्रबार ०५:५०

कास्की क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्वमन्त्री महादेब गुरूङ र कास्की–३ मा शहिद पुत्री अनिता भुर्तेलले शिर्ष नेतृत्व भेट्न अस्विकार गर्दै भने हामी कसैका दास हाेइनाैं ।

महादेव गुरुङ र शहिद पुत्री अनिता भुर्तेलले भेटेनन् शिर्ष नेतृत्व

असोज २६ गते कास्की क्षेत्र नम्बर २ बाट बागी उम्मेदवारी निकाल्न कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहलाई ठाडै अश्वीकार गरेका महादेव गुरुङले शुक्रबार देउवालाई भेट्न पनि अश्वीकार गरे । नबौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन गर्न बिहीबार नै पोखरा आएका देउवाले शुक्रबार महादेवलाई भेटेर उम्मेदवारीबारे छलफल गर्न खोजेका थिए । आफू निर्वाचनमा होमिइसकेको भन्दै देउवालाई भेट्न अश्वीकार गरेका महादेवले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भने भेट गरेका छन् ।

 

गठबन्धनको भागबण्डामा एकीकृत समाजवादीलाई परेको कास्की क्षेत्र नम्बर २ मा कांग्रेसका पूर्वमन्त्रीसमेत रहेका महादेवले उम्मेदवारी दिएपछि गठबन्धनका शीर्ष नेताकै टाउको दुखाइ बनेको छ । पोखरा सभागृहमा ५ दलको कार्यकर्ता भेला सुरु हुनुअघि महादेवसँग भेट गरेर अध्यक्ष नेपालले उम्मेदवारी निश्क्रिय गराएर आफ्ना उम्मेदवार श्रीनाथ बराललाई सघाउन आग्रह गरेका थिए । तर, महादेवले उनको प्रस्तावलाई अश्वीकार गर्दै भने, ‘विद्रोह किन र कुन बेला गरिन्छ, एमालेबाट बिद्रोह गर्नुभएका तपाईंलाई थाहै छ । मैले पनि सभापति देउवासँग बिद्रोह गरेको हुँ ।’

 

गुरुङको उम्मेदवारीले एमाले अध्यक्ष केपी ओलीलाई नै फाइदा पुग्ने भएकाले एक सोच्न र आउँदा दिनका राजनीतिक अवसर पनि हेर्न नेपालले आग्रह गरेका थिए । तर, महादेवले आफू पद र पैसाका लागि चुनावमा नहोमिएको जवाफ दिएको उनीसँगै रहेका एक नेताले बताए । नेपालले शेरबहादुर देउवासँग पनि भटेर अवसरबारे छलफल गर्न आग्रह गरेका थिए । गुरुङले आफू शेरबहादुरको दास नभएको जवाफ दिएका थिए ।

 

कास्की क्षेत्र नम्बर २ मा महादेवको उम्मेदवारी नेपाल र देउवाका निम्ति चुनौति बनेको छ भने कास्की क्षेत्र नम्बर ३ मा प्रचण्डलाई चुनौति थपिएको छ । भागबण्डामा माओवादीको पोल्टामा परेको कास्की–३ मा शहिद पुत्री अनिता भुर्तेलले उम्मेदवारी हालेकी छन् र प्रचण्डको प्रस्तावलाईसमेत अस्वीकार गरेकी छन् । कास्की–३ का उम्मेदवार रामजी बराल ‘जीवन’, संविधान सभा सदस्य दुर्गा विक लगायत नेताले शुक्रबार पोखरा आएका प्रचण्डलाई भेटेर आफ्नो कुरा राख्न उनलाई नेताहरुले प्रस्ताव गरेका थिए । तर, भुर्तेलले अब प्रचण्डसँग राख्नुपर्ने आफ्नो कुनै कुरा नभएकाले नभेट्ने बताइन् ।

 

भर्तेललको उम्मेदवारीले गण्डकी प्रदेशको अर्थमन्त्री हुँदै संघ ताकेर बरालाई दबाबमा पारेको छ । उनको प्रतिस्पर्धामा एमालेका दमोदर बैरागी छन् । एकातिर गठबन्धनभित्रै टिकट वितरणलाई लिएर खटपट छ भने अर्कोतिर बागी उम्मेदवार हुँदा शीर्ष नेताले चिन्ता व्यक्त गरेका छन् । शीर्ष नेताहरुले सभागृहमा भएको कार्यक्रममा पनि गठबन्धनमा शंका उपशंका उब्जने र मतभिन्नता हुने खालका गतिविधि नगर्न जोड दिए भने गठबन्धनलाई भोट नहाल्नु आत्मघाती हुनेसमेत बताएका थिए ।

 

 

 

प्रकाशित मिति २०७९ कात्तिक ४ गते शुक्रबार ०५:५०
हजुरको प्रतिक्रिया