२०८३ साउन २१ गते बिहीबार

मुख्य समाचार

ढकमक्क सयपत्री, बजारको पिरलो

ढकमक्क सयपत्री, बजारको पिरलो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ५ गते शनिबार ०४:२९

स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकारले बजारको प्रबन्ध गरिदिनुपर्ने उनको तर्क छ ।

तनहुँ

सयपत्री ढकमक्क फुलेका छन् । बारीमा सयपत्री मात्रै होइन, उनको सपना पनि फक्रदैँछ । एकातिर तिहार नजिएकसँगै उनलाई हर्ष छ । अर्कोतिर फूलले बजार नपाएकोमा शुक्लागण्डकी नगरपालिका–८ की मञ्जु श्रेष्ठले पिरलो थप्दैछ । रहरै रहरमा पहिलो पटक लगाएको सयपत्री फूलले बजार नपाउने पो हो कि ? सयपत्रीमा सिञ्चित पसिना खेरा जाने पो हो की ? यस्तै भयले त्रसित बनाएको छ मञ्जुलाई ।

तिहार सुरु भएसँगै उनी बजारको खोजीमा छन् । दुई रोपनीमा फुलाएको सयपत्री ओइलिने चिन्ताले सताएको उनले बताइन् । ‘बजार आफैँ कसरी खोज्नु । थोरै त फोनमा पनि लिन आउछु भन्नेहरु छन् अरु कसरी विक्री गर्ने हो ?’, उनले भनिन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न स्थानीय सरकारले बजारको प्रबन्ध गरिदिनुपर्ने उनको तर्क छ ।

भिमाद नगरपालिका– ८ भागरका तीन युवाले सामुहिक रुपमा लगाएको सयपत्री अझै पूर्ण रुपमा फक्रिएको छैन् । तिहार सुरु भएपनि ७० प्रतिशत मात्र फुल फुलेपछि लक्ष्य अनुसारको व्यापार नहुने पक्कापक्की छ । आफैँले विक्रि गर्ने योजनामा रहेपनि बजारको समस्या देखिएको सागर विश्वकर्माले बताए । नजिकको बजार दुलेगौँडा खैरेनीटारमा विक्री केन्द्र राख्नलाई ठाउँसमेत नपाएको उनी सुनाउछन् । उनको पनि उही गुनासो छ, ‘स्थानीय सरकारले किसानलाई प्राथमिकता नै दिएन ।’

अरौदीका गोविन्द अधिकारीलाई पनि बजारको समस्या भएको छ । उनले केही बर्षदेखि सयपत्री फूल खेती गर्दै आईरहेका छन् । बजार पाउन सजिलो हुने अपेक्षा सहित सामाजिक सञ्जालमा उनले पोस्ट गरिररहेका छन् । ‘सामाजिक सञ्जालमा देखेर कार्यक्रमलाई आवश्यक माला खपत भईरहेको छ । बारीमा फुलेका सबै फूल खपत गर्न बजार समस्या देखिएको छ’, उनले भने । बजारसँगै मुल्य पनि नपाएको उनको भनाई छ । गत बर्षकै मुल्यमा माला विक्रि गरेको अधिकारीले बताए ।

प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०४:२९
हजुरको प्रतिक्रिया